रौतहट, ३१ असार । नेपालको नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीलाई शपथ गराउने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले “ईश्वर वा देश र जनता” नाममा शपथ लिन विकल्प दिए तर ओलीले देश र जनताको नाममा शपथ लिएका हुन् ।
शपथ सम्बन्धी ऐन २०७९ ले नै शपथ लिने व्यक्तिले आफूले “ईश्वर वा देश र जनता” कसको नाममा शपथ लिने हो भन्ने जानकारी शपथ गराउने व्यक्तिलाई पहिला नै दिनुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार ओलीले देश र जनताको नाममा शपथ लिए । २०७९ भदौ २८ गतेबाट उक्त ऐन लागू भएको छ ।
यसअघि २०७९ पुस ११ गते प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डले पनि शपथ ग्रहण गर्दा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देश जनताको नाममै शपथ लिएका थिए ।
शपथ सम्बन्धी पछिल्लो कानुनी व्यवस्थाको पृष्ठभूमि भने ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा भएको विवाद सँग जोडिएको छ । २०७८ वैशाख ३१ गते प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी सँग शपथ लिँदै गर्दा बीचमा ’त्यो पर्दैन’ भनेका थिए ।
उनले ईश्वर वा देश र जनताको मध्ये एक रोज्ने विकल्प राष्ट्रपतिले दिनु अघि नै ’त्यो पर्दैन’ भनेका थिए । उनले शपथका क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द उच्चारण नै गरेनन् । शपथमा यसरी बीचमा ’त्यो पर्दैन’ भनेको विषय विवादमा परेपछि ओली सरकारले शपथ सम्बन्धी कानुन निर्माण गर्न विधेयक ल्याएको थियो । संविधानले राष्ट्रपति समक्ष प्रधानमन्त्रीले शपथ लिनुपर्ने उल्लेख गरे पनि शपथबारे कुनै कानुनी व्यवस्था थिएन ।
तर शपथ सम्बन्धी ऐनले अहिले शपथ खाने व्यक्तिले खुवाउने व्यक्तिलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन