रौतहट, ३१ असार । बर्षौ अघि ट्रयाक खोलिएका पूर्वपश्चिम राजमार्ग संग जोडिएका धनसर–जंगलसैया–कटहरिया सडक खण्डमा बजेट बिना नै जनताहरुको सहभागितामा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कालोपत्रे कार्य सम्पन्न गराए ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्वर ३ लाई राजमार्ग संग जोड्नका निमित्त आजपा अध्यक्ष एवं त्यस क्षेत्रका साँसद साहको पहलमा बर्षौ अघि खोलिएका ट्रयाकमा बजेट विना नै स्थानीय बासिन्दाहरुको सहभागितामा कालोपत्रे कार्यलाई सम्पन्न गराएका हुन् ।
सांसद साहले “सडक बढाउ –सडक बचाउ” अभियान अन्तरगत सो सडकलाई मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो । धनसर–जंगलसैया सडक १४ किलोमिटरको दुरी रहेको छ । यसमा १२ किलोमिटर जंगल क्षेत्र रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्रयाक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्रयाक खोल्ने काम गरिएको थियो ।
ट्रयाक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्ष पछि संसदीय रणनीतिक सडक योजना अन्तर्गत दुई करोड लागतमा कालोपत्रे गरिएको छ । धनसर–जंगलसैया सडक हुदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आवत जावत गर्नमा सजिलो हुने विश्वास गरिएको छ ।
पूर्वमन्त्री समेत रहनु भएका साहको पहलमा धनसर–जंगलसैया–कटहरिया सडक लगायत रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण गराउन सफल भएको छ । रौतहटमा विकास निर्माणको कार्यलाई लिएर साह देशैभरी मोडेलको रुपमा चित्रण गर्ने गरिएको छ ।
स्थानीय गौरिशंकर साहले जिल्लामा भएको विकासलाई सबै पक्षले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नु पर्ने बताउँछन् । ‘असम्भवलाई सम्भव तुल्याउने प्रभु साहको विशेषता हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ । क्षेत्र नम्बर–३ मा मात्रै बिना बजेट बिना मुआब्जा झण्डै ३ सय किलोमिटर सडक निर्माण यसको उदाहरणको रुपमा लिन सकिन्छ । यसका लागि साँसद साहलाई जति सराहना गरे कम हुन्छ’ उनले भने ।
काठमाडौं–तराई मधेस फास्ट ट्रयाकको निर्माण बर्षौदेखी भईरहेको छ । अर्बौ बजेट सकिसक्यो । कहिले वनको कारण त कहिले अदालतको मुद्दा त कहिले बजेटको अभाव लगायत बिभिन्न कारणले फास्ट ट्रयाकको काम अझै सम्पन्न भएको छैन् । तर धनसर जंगलसैया सडक बनाउन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए बिकास असम्भव नभएको साहले बताए ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट