रौतहट, ३१ असार । रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही टोलमा करेन्ट लागेर ४५ बर्षिय चुनिलाल पासवानको मृत्यु भएको छ ।
सोमवार दिउसो १ः३० बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर ७ गोनाही गाउँ बस्ने पासवानले आफनै खेतमा काम गरिरहेको अवस्थामा छिमेकी राम दरेश राय यादवले खेतमा सिंचाई गर्न लगेको विद्युतिय तारमा करेन्ट लाग्दा गम्भीर घाइते भए ।
गम्भीर घाईते पासवानलाई तत्कालै उपचारको लागि शिवनगर झाझ पुल स्थित ग्राण्डी अस्पतालमा पुर्याएपनि १ः५० मिनेटमा उनको मृत्यु भएको बताइएको छ ।
घटना भए लगतै सशस्त्र वेश क्याम्प देवाहीबाट खटिएका सशस्त्र प्रहरीले घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएको केही समयमै पासवानलाई चिकित्सकले मृत घोषित गरिएको तथा तिनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको सशस्त्र प्रहरी वल नेपाल नम्वर ११ गण रौतहटका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट