दुई बसमा यात्रारत रहेका ६२ यात्रुहरु मध्ये अहिले सम्म १७ जनाको शव फेला पर्यो, ९ जनाको सनाखत भए भने ८ जनाको सनाखत हुन बाँकी रहेको तथा अझै ४५ जना यात्रुहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाए ।
रौतहट, २ साउन । भरतपुर महानगरपालिकाको सिमलताल स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा असार २८ गते लेदो सहितको पहिरोमा परेर त्रिशुलीमा बगेर बेपत्ता भएका बस मध्ये गणपति डिलक्सका चालक र सहचालकको शव घटनास्थल भन्दा १०३ किलोमिटर टाढा फेला परेका छन् ।
असार २८ गते शुक्रवार विहान साढे ३ बजेको समयमा काठमाडौंबाट गौरतर्फ आईरहेका बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवको उनका परिवारले पहिचान गरेर बुझेका हुन् ।
चालक चौधरी र सहचालक सिंहको शव घटनास्थल भन्दा १०३ किलोमिटर दक्षिण नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएका छन् ।
वेपत्ता भएका एञ्जल र गणपति डिलक्सका यात्रुहरुमा अहिले सम्म १७ जनाको शव फेला परेको जसमध्ये ९ जनाका शवको मात्रै सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी रहेको सो कार्यालयबाट बुझिएको छ । फेला परेका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् ।
१७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रबाट फेला परेको छ । असार ३१ गते भेटिएका ५ र साउन १ गते भेटिएका ३ शवको सनाखत हुन बाँकी छ । अझै ४५ यात्रुको अवस्था अज्ञात छ ।
अझै फेला परेनन् बस
६ दिन अघि चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्वर २९ सिमलतालमा आएको लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिले सम्म बस भेटाउन सकिएको छैन ।
यात्रु तथा बसको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी झण्डै ५ सय जना सुरक्षाकर्मीहरु परिचालन गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । त्रिशुलीमा खसेका दुबै बसमा गरेर ६५ यात्रु थिए । तीमध्ये ३ जना हामफालेर बाँच्न सफल भएका थिए भने वपत्ता भएका मध्ये अहिले सम्म १७ शव बरामद भईरहेको छ तर अझै ४५ जना यात्रुको शव अवस्था अज्ञात रहेको छ ।
नेपाल सरकारले दुई दिन अघि नै दुर्घटना भएको १० औं दिनमा वेपत्ता यात्रुहरुलाई मृत सरह घोषणा गर्दै सोही अनुसारको राहत दिने घोषणा गरिरहेका छन् ।
दुई बसमा सवार ६२ यात्रुहरु मध्ये १७ जनाको शव बरामद विवरण सहित यस प्रकार रहेको छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन