सर्लाही, ४ साउन । सर्लाही प्रहरीले एक महिनामा अबैध रुपमा भन्सारको राजस्व छलेर नेपाल भित्रयाइएका विभिन्न सामानहरु गरेर झण्डै डेढ करोड भन्दा बढिको सामानहरु बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएका प्रेस नोटमा गत असारको १ गते देखि लिएर ३१ गते भित्रमा सर्लाहीको विभिन्न नाकाहरु भएर नेपाल भित्रयाइएका किराना सामान, लत्ता कपडा, चाइनिज लाइटर, इलेक्ट्रोनिक्स, कस्मेटिक सामान, मेसिनरी पार्टस, कुखुराको चल्ला लगायतका विविध सामानहरु भन्सार छलेर भित्रयाइएकालाई जिल्ला प्रहरी र मातहतका युनिटहरुबाट खटिएका गस्ती टोलीले बरामद गर्न सफल भएका हुन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले बरामद गरिएका उक्त मालसामानको बजार मूल्य एक कराण्ड ५७ लाख ७२ हजार ४४१ रहेको बताए । नियन्त्रणमा लिइएका उक्त सामानहरुलाई आवश्यक कारवाही गर्नका निमित्त भन्सार कार्यालय मलंगवामा दाखिला गरेको जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन