गाउँघरका बुढोपाकोहरु भन्ने गर्दछन् कहिल्यै नभएका धार्मिक अस्थिरता अहिले आएर भईरहेको छ, जुन भोलीका सन्ततीहरुका लागि ठूलो चुनौती एवं विकराल रुप नलेला भन्न सकिदैनन् ?
हिन्दु समुदायको पर्व होस या मुस्लिम समुदायको पर्व किन नहोस् यहाँ धार्मिक सदभावमा खलल उत्पन्न गराउने केही समुह नै सक्रिय रही एक आपसमा भिडन्त गराउने कार्यमा संलग्न रहेपनि त्यस्ता तत्वलाई निरुत्साहित गर्न नसकिएको कारण धार्मिक सदभाव खल्बलाएर विकाराल रुप लिदै गएपनि स्थानीय प्रहरी प्रशासन सचेत नबन्नु कतै आउदो समयमा यसले द्धन्द सृजना गर्ने निश्चित देखिन्छन् ।
साउन २ गते मुस्लिमहरुको मोहरम ताजिया (दाहा) को मेलाको क्रममा राजपुर नगरपालिका वडा नम्वर ६ कुडिया पुल स्थित घाटमा हिन्दु धर्मावलम्बीहरुले छठ पुजाको लागि बनाइएका श्रीसप्ताह देवीको प्रतिमा माथि जुता लगाएर चढ्ने त्यही दाहा नचाउने, झण्डा गाड्ने जस्ता कार्य नै अतिरंजित रहयो । त्यसलाई रोक्न प्रहरीले प्रयास गर्दा ढुंगामुढाको शिकार बन्दै १९ जना सुरक्षाकर्मीहरु घाइते हुने निकै दुखद कार्य भयो ।
नेपाल धर्म निरिपेक्ष भइसकेको अवस्थामा सबै धर्म समुदायका नागरिकहरु स्वतन्त्र रुपमा सभ्य एवं भव्य रुपमा एक अर्काको धार्मिक सदभाव माथि आँच नपुग्ने गरी पर्वहरु बनाउनुपर्नेमा त्यसो नहुँदा आउदो समयमा यस्ता कार्यहरुबाट रौतहट जिल्ला अशान्त बन्ने देखिन्छन् ।
हिन्दु समुदायको मुर्ती सेलाउने वेलामा यस्तै घटनाहरु घटाउन पछि नपर्ने दुबै समुदायका अगुवाहरु सचेत हुँुनु नितान्त जरुरी भईसकेको छ । कसैको उसकाहट, विदेशी शक्तिको आडमा धार्मिक सदभावमा खलल पुर्याउने कार्य समाजको हितमा नभएको हुँदा आपसी सदभाव एवं भाईचारालाई कायम गरेर एक अर्काको पर्वमा हातेमालो गरेर अघि बढेमा मात्रै धर्म निरीपेक्षताको सही महत्व हुने छ अन्यथा समाजमा अराजकता, अशान्ति, द्धवेश राग बढ्ने भएको हुँदा समयमै स्थानीय प्रहरी प्रशासन सचेत भएर लाग्नुपर्ने आजको अवश्यकक्ता रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन