रौतहट, ६ साउन । लेदो सहितको पहिरोमा परेर त्रिशुली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र त्यसमा सवार यात्रुहरुको खोजी कार्यका लागि भारतीय विपद उद्धार टालीले आज आईतवार दशौं दिन देखि मोर्चा सम्हालेका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ४ सीमलताल स्थित नारायणगढ मुग्लिन सडक खण्डमा असार २८ गते विहान ३.३० बजेको समयमा काठमाडौंबाट गौर तर्फ आउदै गरेका गणपति डिलक्स र विरगञ्जबाट काठमाडौं तर्फ गईरहेका एञ्जल डिलक्स लेदो सहितको पहिरोले बगाएर त्रिशुलीमा खसाएका थिए ।
जसमध्ये ३ जना यात्रु जेनतेन कालको मुखबाट जोगएपनि ६२ जना यात्रुहरु कालको मुखमा समाएर वेपत्ता भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य निरन्तर रुपमा गरिरहेपनि खासै सफलता हात नलागेपछि आज विहान १० बजे देखि भारतीय विपद उद्धारका टोलीले अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरण सहित खोजी कार्य सुरु गरेको बताइएको छ ।
नेपाल सरकारको आग्रहमा भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का १२ सदस्यीय टोली हिजो शनिवार चितवन आएको थियो ।
चितवन आएर एनडीआरएफको टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटार स्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिए । सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा गएराति बसेको भारतीय टोली आज बिहान देखि खोजी कार्यमा खटियो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोली एक साता सम्म नेपालमा रहने छ । खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुणाल तिवारीले भारतमा पनि धमिलो र उच्च वहाबका नदीमा खोजतलास गरेको भन्दै यहाँ काम गर्न पनि समस्या नहुने बताए ।
हिजो शनिबार सम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था अज्ञात रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन