मुम्बई, एजेन्सी । बलिउड अभिनेता विक्की कौशलको फिल्म “ब्याड न्युज” रिलिज भएसंगै बक्स अफिसमा आफनो छाप छाडेको छ ।
“ब्याड न्युज” ले विक्की कौशलका फ्यानलाई सुखद सन्देश दिएको हो । अभिनेताका लागि यो फिल्मको ओपनिङ राहतपूर्ण रह्यो । यो फिल्म अभिनेता कौशलको करिअरमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म समेत बन्यो ।
“ब्याड न्युज” फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका थिए भने ‘तौबा तौबा’ बोलको गीत हिट भएको छ । यो गीतमा अभिनेता विक्कीको “किलर मुभ्स” लाई कपी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले रिल्स र भिडियो समेत बनाइरहेका छन् । जसकारण पनि फिल्मको ओपनिङमा ठूलो मद्दत मिलेको ठानिएको छ ।
फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा ८.६२ करोड को ओपनिङ गरेको छ । “ब्याड न्युज” विक्कीको करिअरमा धेरै ओपनिङ गर्ने पाँच फिल्ममध्ये शीर्षस्थानमा रहेको छ । यसअघि “उरीः द सर्जिकल स्ट्राइक” ले ८.२० करोड, “राजी” ले ७.५३ करोड भारु, “श्याम बहादुर” ले ६.५३ करोड भारु, “जरा हट्के जरा बचके” ले ५.४९ करोड भारु ओपनिङ गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन