जनकपुरधाम, ६ साउन । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंहले मुख्यमन्त्रीको कार्यालय सहित ११ वटा मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले आईतवार विहानै मधेश प्रदेश सरकारको कार्यालयमा कर्मचारीहरूको लापरबाही बढ्दै गएको गुनासो आएपछि मुख्यमन्त्रीको कार्यालय सहित ११ वटा मन्त्रालयको छड्के अनुगमन निरीक्षण गरेका हुन् ।
निरीक्षण तथा अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरुमा काम प्रतिको जिम्मेवारीपन नभएको एवं धेरै लापरबाही रहेको पाइएको बताए ।
उनले कर्मचारीहरूमा खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या विद्यमान रहेको जनाए । प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटि भेटिए पछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ माग गरेका छन् । पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारण बारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिए ।
मुख्यमन्त्री कार्यालयका अनुसार आज पहिलो दिन अनुगमन गर्दा कर्मचारीमा धेरै लापरबाही पाइयो, त्यसपछि देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइयो । कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित, अर्थ, गृह, भौतिक, सिचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयमा मुख्यमन्त्री सिंहले छड्के निरीक्षण गरेको बताइएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट