बेमौसमी बर्षाबाट सयौं विगहाको धानबाली क्षतिग्रस्त, किसानहरुलाई बर्ष भरी छाक टार्ने चिन्ता

341 Shares

तराई टप संवाददाता
रौतहट, २ कार्तिक । विगत दुई दिन देखि भईरहेको वेमौसमी बर्षाको कारण किसानहरुको सयौं विगहा जग्गामा लगाएको धानबालीलाई क्षति पुर्याएको छ ।
आईतवार देखि सुरु भएको बेमौसमी बर्षा संगै चलिरहेको हावाहुरीको कारण रौतहट जिल्लामा घर भित्रउने अवस्थामा पुगिसेकेको धान बालीलाई निकै क्षति पुर्याउदा किसानहरु मर्माहत भएको हो ।
हावाहुरीको कारण खेतमा ठडिएको धानको बोटहरु ढलेको छ, बोटहरु पानीमै ढलेपछि उठाउन निकै गाह्रो भएको हुँदा बर्ष भरीको जोहो गर्नमा गरिएको लगानी डुब्ने हो की किसानहरुलाई यतिखेर चिन्ताले सताएको छ । रौतहटको १८ वटै पालिकाको विभिन्न स्थानहरुमा परिरहेको मुसलधारे पानी सगै चलिरहेको हावाहुरीबाट पाकेको र काँचो धान बालीलाई धेरै क्षति पुर्याएको दुर्गा भगवती गाउँपालिका ४ छतौनाको किसान तेजारथ मियाले बताए ।


“डेढ विगहा जग्गामा लगाइएको बासमती र एक विगहामा सोना मन्सुली धान पूर्ण रुपमा खेतमा जमेको पानीमा जमेको बताउदै किसान तेजारथले निकै मेहनेत र परिश्रमले लगाएको बाली घर भित्रयाउने बेलामा क्षति भएको देख्दा धेरै दुख लागेको बताए ।” “पहिला कोरोनाबाट काम गर्ने रोजगार खोसिएपछि गाउमै जग्गा लिजमा लिएर खेती किसानी गर्दा पनि प्रकृतिले पनि साथ दिएन” भने पिडा पोख्दै तेजारथले भने । “साहुको जग्गा लिजमा लिएर गरिएको खेती किसानीको भाडा तिर्ने त कुरा परै जाओस, खर्च गरेको लगानी पनि डुब्दै गरेको देख्दा मुटु रोइरहेको छ” उनले यसरी आफनो पिडा पोखे ।
सोही गाउँको अर्का किसान शेख मन्सरीको अवस्था तेजारथ भन्दा फरक छैनन् उनको पनि ३ विगहामा रहेको धान बाली खेतमै ढलेर पानीमा डुबेको उनले बताए । यसपाली राम्ररी धान फल्ने आशा पलाएको थिए तर ति सपना सबै चकनाचुर भयो, घर परिवारको विहान वेलुकीको छाक टार्न निकै मुश्किल हुने अवस्था देखेर उनलाई अहिले देखिनै चिन्ता सताएको छ ।


राजदेवी नगरपालिकाको चण्डिहा, बसतपुर, ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, दुर्गा भगवतीको पचरुखी, छतौना, गंगापिपरा, मत्सरी, भलोहिया, यमुनामाईको सरुअठा, झुनखुनवा, जेठरहिया, माधवनारायणको मिठुअवा, माधोपुर, रजवाडा, सखुअवा, खेसरहिया, गरुडाको शिवनगर, अमरपटि, भिमडावर, कटहरियाको कटहरिया, बगही, कर्कच, भसेढवा, इशनाथको बन्जरहा, औरैया, बलुवा, महुलिया राजपुरको रामपुरखाप, राजपुर, परोहाको लौकाहा, तेजापाकड, नरकटिया, बौधीमाईको बंकुल, बसन्तपटी, सरमुजवा, फतुवा विजयपुरको शितलपुर बैरगनिया, मर्यादपुर, गढीमाईको समनपुर, संग्राम्पुर, पर्सा, मलाही टोल, विनगरा, वृन्दावनको विश्राम्पुर, सखुअवा धमौरा, हरैया सहितको १८ वटा पालिकाको दर्जनौ गाउँको सयौं विगहा जग्गामा लगाइएको धान बाली पूर्ण एवै आशिंक रुपमा क्षतिग्रस्त हुदै किसानहरु निकै मर्कामा परेका छन् ।
वेमोसमी बर्षाको मार खेपिरहेको किसानहरुको वास्तविक क्षतिको आधिकारीक जानकारी प्राप्त नभएको बर्षा सकेपछि क्षतिग्रस्त भएको धान बालीको विवरण संकलन गरिने जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।