रौतहट, ८ साउन । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले वित्त बर्ष २०२४–२५ का लागि संसदमा पेश गरेको बजेटमा नेपाललाई ७ अर्ब भारतीय रुपैया अनुदान दिने सार्वजनिक गरिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेश्रो कार्यकालको सुरुआतमै मंगलवार भारतीय संसदमा बजेट सार्वजनिक गर्दै वित्तमन्त्री सीतारमणले छिमेकी देश नेपाललाई दिदै आएको साढे ६ अर्बबाट बढाएर ७ अर्ब भारतीय रुपैया अर्थात ११ अबै २० करोड नेपाली रुपैया अनुदान सहयोग हुने बताएकी हुन् ।
भारतको नियमित बजेट सत्र फेब्रुअरीमा आउँछ । नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको छ ।
वित्त वर्ष २०२३–२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।
भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भुटानले वित्त वर्ष २०२४÷२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने भएको छ ।
भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । भुटान पछि नेपालकै स्थान रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन