रौतहट, ८ साउन । दुई बर्ष देखि निर्माणाधिन अवस्थामा रहेका गौर गंगपिपरा सडक खण्डको दर्जनौं स्थानमा ठूलठूला खाडल भएपनि निर्माण कम्पनी संगै सम्बध निकाय मुकदर्शक बन्दा उक्त बाटो भएर हिड्ने यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।
निर्माणाधिान अवस्थामा रहेका गौर–पिपरा सडक खण्डको दर्जनौ स्थानमा ठूला साना खाल्डोहरु रहेको, पुल पुलेसाको मुखमा बाटो भाँसिएको, बाटो खनिएको लगायत विभिन्न कारणवस बाटो दिनप्रतिदिन जिर्ण बन्दै गएको छ तर त्यही बाटो भएर हिड्ने यात्रुहरुले स्थानीय जनप्रतिनिधि, क्षेत्रका साँसद, स्थानीय सरकार सहितका सडक डिभिजन कार्यालयलाई पटक पटक गुहार लगाउदा समेत कुनै सुनवाई नगर्दा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य रहेका हुन् ।
सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका अनुसार गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा नाला सहितको कालोपत्रे सडक बनाउनका निमित्त आह्वान गरेका बोलपत्र अनुसार साह निर्माण सेवा मलंगवा १० सर्लाहीले २० करोड ५० लाख ८६ हजार ९७१.९२ ठेक्का सकार गरेर २०७९ असार १७ गते ठेक्काको सम्झौता गरी २०८१ भदौं १० गते सम्पन्न गर्न लिखित रुपमा कबोल गरेको देखिन्छ ।
सडक डिभिजन कार्यालय चन्द्रपुरले उपलब्ध गराएको तथ्याँक अनुसार काम सम्पन्न गर्न अव एक महिना बाँकी रहदा नालाको प्रगति ३५ प्रतिशत र सडकको प्रगति २५ प्रतिशत भएपनि तुल्नात्मक रुपमा कामको प्रगति सन्तोषजनक रहेको छैनन् ।
सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दिपेन्द्र पाण्डेले निर्माणको क्रममा स्थानीयहरु लाइन क्लीयर नगरेको, निर्माण व्यवसायीको अन्तरिक कारण तथा वाह्य लगायतका विभिन्न कारणबस गौर–पिपरा सडकमा निर्माणको कार्यको प्रगति सन्तोषजनक भएको बताए ।
गौर–पिपरा–माधोपुर–समनपुर–सर्लाहीको विभिन्न स्थानमा जाने प्रमुख सडकको दुरदर्शालाई ठिक पार्न संघिय साँसद माधवकुमार नेपाल र प्रदेश साँसद नागेन्द्र साह तथा कृष्णप्रसाद साह उदाशिन रहेको कारण हजारौं यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।
यात्रुहरु जिर्ण सडक भएर जोखिमपूर्ण यात्रा गर्न विवश केही तस्वीरहरु



के गर्दैछन् संघिय र प्रदेश साँसदहरु ?
रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएदेखि हाल सम्म सडकको कुनैपनि कार्यमा प्रगति हुन सकेका छैनन् ? उनी राष्ट्रिय नेता भएपनि उनका क्षेत्रका जनताहरुलाई आवतजावत गर्न कष्ट झेल्नुपरेको छ । नेपाल जितेको क्षेत्रको हविगत हेर्दा निकै दुखलाग्दो रहेको छ । संघिय साँसद नेपालले आफना संसद प्रतिनिधिको रुपमा क्षेत्र नम्वर ४ का निकटका व्यक्ति रामकुमार भटराई सहितका व्यक्तिहरुलाई राख्नु भएको छ तर उहाँ कहिल्यै क्षेत्रमा आएर जनताहरुको पीडा बुझ्ने कार्य गरेका छैनन् मात्रै काठमाडौ बसेर राजनीति चलाउदै आएको आरोप स्थानीयहरुले लगाएका छन् ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात यहाँ सबै बाबुसाहेव कि बहुन मात्रै निर्वाचन जित्दै आए तर यस क्षेत्रको मुहार फेरिएनन् यो कस्तो विडम्बना हो, निर्वाचित प्रतिनिधिहरु माथि जनविश्वास घट्दो क्रममा छ । प्रदेश साँसदको अवस्था फरक छैनन् । प्रदेशबाट आउने बजेटको पनि राम्ररी सदुपयोग गराउन सकेका छैनन् ।
बाटो एउटा उदाहरण मात्रै हो, रौतहट क्षेत्र नम्वर १ का जनताहरु जहिले पनि ठगिदै आएका छन् । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात यहाँ सबै बाबुसाहेव कि बहुन मात्रै निर्वाचन जित्दै आए तर यस क्षेत्रको मुहार फेरिएनन् यो कस्तो विडम्बना हो, निर्वाचित प्रतिनिधिहरु माथि जनविश्वास घट्दो क्रममा छ ।
प्रदेश साँसदको अवस्था फरक छैनन् । प्रदेशबाट आउने बजेटको पनि राम्ररी सदुपयोग गराउन सकेका छैनन् । त्यसमा पनि निर्वाचन क्षेत्र नम्वर १ को (क) बाट निर्वाचत साँसद आफै निर्माण व्यवसायी हुनुहुन्छ, उहाँकै निर्माण सेवाले गौर–पिपरा सडक खण्डको ठेक्का सकार गरेर सम्पन्न गर्ने मिति एक महिना मात्रै बाँकी रहदा सडक डिभिजनले काम सन्तोषजनक नरहेको बताएपछि पुष्टि भईसकेको छ की साँसद महोदयको कार्यशैली कस्तो रहेका छन् ।
निर्वाचन क्षेत्र नम्वर १ (ख) बाट निर्वाचित साँसद कृष्ण प्रसाद यादव नेपाली काँग्रेसको मधेश प्रदेश सभापति रहेको हुँदा क्षेत्रमा आएर जनताहरुको पीडा मर्का र त्यसलाई समाधान गर्न गराउन कहाँ फुर्सद छन्, उहाँ जनकपुर, काठमाडौंमै सिमित रहनुपर्दा नेपाली काँग्रेसको अवस्था झन क्षेत्रमा विजोग बन्दै गएको स्थानीयहरुले बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट