सर्लाही, ११ साउन । पूर्व राज्यमन्त्रीको हत्याको गुत्थीलाई सुल्झाउन अनुसन्धानमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) युवती संग अनैतिक कार्यमा संलग्न रहेको अवस्थामा स्थानीयहरुले समातेर सशस्त्र प्रहरीलाई बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सिभिल प्रहरी अर्थात घुमुवा इन्चार्ज रहेका तेजनारायण यादवलाई सलेमपुरका स्थानीय युवाहरुले विहिवार राति १२ बजेर २९ मिनेटमा होटलमा काम गर्ने युवती संग अनैतिक कार्यमा संलग्न रहेको अवस्थामा रंगे हात समातेर सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीको चेकप्वान्टलाई जिम्मा लगाएका थिए ।
घुमुवा इन्चार्ज एवं प्रसनी यादव रातिको समयमा होटलमा काम गर्ने युवतीलाई सलेमपुरमा ल्याएर अनैतिक कार्य गरिरहेको स्थानीय युवाहरुले चाल पाएपछि सो स्थानमा जाँदा दुबै जनालाई अनैतिक कार्य गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा प्रसनी यादवले लोड भएको पिस्टल निकाले तेश्रयाउदा युवाहरु पछि हटे तर तत्कालै गाउँलेहरु भेला भई युवती सहित रक्सीको बोतल, कक गरिएका लोडेड पिष्टल सहित प्रसनी यादवलाई सशस्त्र प्रहरीको गण सलेमपुरको चेकप्वान्टलाई जिम्मा लगाएको स्थानीयहरुले बताए ।
तत्कालै सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय मलंगवामा खवर गरेपछि राति २ बजेको समयमा जिम्मा लगाएर पठाएपछि मात्रै स्थानीयहरु घर गएको श्रोतबाट बुझिएका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले सिभिलका असईलाई राति नियन्त्रणमा लिइएको भएपनि उनले गरेको कसुर सम्बन्धमा हामीले गहन अनुसन्धान गरिरहेका छौं तथा आरोप पुष्टि भएपछि जानकारी गराउने बताए ।
यता प्रहरी श्रोतका अनुसार चन्द्रनगर गाउँपालिकामा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणलाई सुल्झाउन अनुसन्धान कार्यमा संलग्न प्रसनी नै अनैतिक कार्यमा संलग्न रहदा स्थानीयहरु रंगेहात समातेर बुझाएको घटनाले अनुसन्धान कार्य माथि प्रश्न चिन्ह खडा भएको स्थानीयहरुले गम्भीर आरोप लगाए ।
समाचार तयार पारिरहदा जिल्ला प्रहरी कार्यालय मलंगवामा सेटिंग हुँदै
सलेमपुरका स्थानीय ८ जना युवाहरुको टोलीले घुमुवा इन्चार्ज प्रहरी सहायक निरीक्षक तेजनारायण यादवलाई होटलमा काम गर्ने युवती संग अनैतिक कार्य गरिरहेको अवस्थामा समातेर बुझाएपनि उक्त घटनालाई सामसुम पार्न जिल्ला प्रहरी कार्यालय मलंगवामा समात्ने युवाहरुलाई राखेर छलफल भईरहेका छन् ।
प्रहरीले यस्ता घटनालाई लुकाउन लागि परेको बुझिएको छ । छलफलमा संलग्न एक युवकलाई फोन मार्फत कुरा गर्दा के गर्ने सर, राति रंगे हात समातेको तर युवती हाम्रो पक्षमा नरहेको अवस्था के गर्ने तपाई संग पछि कुरा गर्ने भनेर पन्छिए ।
अपराधिक कार्यमा प्रहरी संलग्न भएपछि त्यसको अनुसन्धान नै नगरी आर्थिक चलखेलको आधारमा मिलाउने कार्य भईरहेको यस प्रवृतिको पंचायतीबाट भोली समाजमा कस्तो असर पर्ला ? भने सर्लाही प्रहरीको कार्यशैली माथि प्रश्न चिन्ह खडा भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन