साह निर्माण सेवाको चरम लापरवाही, निर्माणको समय सकिन लाग्दा एक सेन्टीमिटर कालोपत्रे भएन

0 Shares

रौतहट, १३ साउन । गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा कालोपत्रे र नाला निर्माण कार्य सम्पन्न गर्न लिखित सम्झौता गरेका साह निर्माण सेवा मलंगवा १० ले समय सकिन ३० दिन बाँकी छदा एक सेन्टीमिटर कालोपत्रे भएका छैनन् ।
दुई बर्ष भित्रमा गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा सडक नाला बनाउने लिखित सम्झौता गरेका साह निर्माण सेवा मलंगवा १० सर्लाहीले सम्झौता अनुसार काम नगरेको उनको प्रगति सन्तोषजनक नभएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले तथ्याँकबाट बुझिएका हुन् ।
सडकलाई पूर्ण जोतेर कालोपत्रे गर्न र बस्तीमा दुई तर्फी नाला निर्माण गर्न २०७९ असार १७ गते देखि सुरु गरेर २०८१ भदौं १० गते भित्र निर्माण कार्य सम्पन्न गर्न लिखित सम्झौता गरेका साह निर्माण सेवाका प्रोपराइटरले अहिले उक्त सडक भन्दा नाला तर्फ बनाउनमा केन्द्रीत भएको हुँदा अहिले सम्मा एक सेन्टीमिटर कालोपत्रे हुन नसकेका छैनन् । यती मात्रै नभई निर्माण कम्पनीको गैरजिम्मेवारी पनाको साक्षी डिभिजन सडक कार्यालय बनेको हुँदा निर्धारित समयमा सम्पन्न हुन नसकेको बताइएको छ ।
यस्तै अवस्था रहयो भने १२ किलोमिटर सडक बनाउन साह निर्माण सेवालाई झण्डै कयौं बर्षौ लाग्ने आक्रोश स्थानीय बासिन्दाहरुले पोखेका छन् ।
दुई बर्ष देखि निर्माणाधिन अवस्थामा रहेका गौर पिपरा सडक खण्डको दर्जनौं स्थानमा ठूलठूला खाडल भएपनि निर्माण कम्पनी संगै सम्बध निकाय मुकदर्शक बन्दा उक्त बाटो भएर हिड्ने यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।
निर्माणाधिान अवस्थामा रहेका गौर–पिपरा सडक खण्डको दर्जनौ स्थानमा ठूला साना खाल्डोहरु रहेको, पुल पुलेसाको मुखमा बाटो भाँसिएको, बाटो खनिएको लगायत विभिन्न कारणवस बाटो दिनप्रतिदिन जिर्ण बन्दै गएको छ तर त्यही बाटो भएर हिड्ने यात्रुहरुले स्थानीय जनप्रतिनिधि, क्षेत्रका साँसद, स्थानीय सरकार सहितका सडक डिभिजन कार्यालयलाई पटक पटक गुहार लगाउदा समेत कुनै सुनवाई नगर्दा जोखिमपूर्ण रुपमा यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउदै आएका एक अटोरिक्सा चालकले तराई टप संग गुनासो पोखे ।
सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका अनुसार गौर–पिपरा सडक खण्डको १२ किलोमिटर सडक कालोपत्रे र बस्तीमा नाला निर्माण गर्न साह निर्माण सेवा मलंगवा १० सर्लाहीले २० करोड ५० लाख ८६ हजार ९७१.९२ भ्याट सहित रकममा ठेक्का सकारको थियो ।
सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दिपेन्द्र पाण्डेले निर्माण कार्यमा भईरहेको ढिलाई प्रति चिन्ता व्यक्त गरे । यसबारे हामी प्राविधिकहरु संग बुझ्ने कार्यहरु गर्ने छौं तथापी गौर–पिपरा सडकमा निर्माणको कार्यको प्रगति सन्तोषजनक भएको स्पष्ट पारे ।
स्मरणीय छ की, गौर–पिपरा–माधोपुर–समनपुर–सर्लाहीको विभिन्न स्थानमा जाने प्रमुख सडकको दुरदर्शालाई ठिक पार्न साह निर्माण सेवा मलंगवा १० का तत्कालिन प्रोपराइटर तथा वर्तमान नेपाली काँग्रेसको टिकटबाट मधेश प्रदेश सभाका सदस्य नागेन्द्र साहले उक्त ठेक्का लिएर समयमा पुरा गर्न नसकेको अवस्था छ । प्रदेश साँसद साहकै क्षेत्र भएपनि उनको कामकाज प्रगति हेर्दा लम्ब्याउने, ढिलासुस्ती गर्ने लगायतका कारण निर्धारित समय सकिन लाग्दा समेत एक सेन्टीमिटर कालोपत्रे नहुनु अत्यन्तै दुखद रहेको स्थानीय बासिन्दाहरुले दुखेसो पोखे ।
यस्ता हेलचक्रयायी गर्ने निर्माण कम्पनीलाई कालोसुचीमा राखेर कारवाही अघि बढाउन सम्बध निकायको ध्यानाकर्षण गराउदै गौर पिपरा सडक बनाउने तर्फ संघिय साँसद माधवकुमार नेपालको ध्यान जानु आवश्यक रहेको स्थानीय रामलाल दासले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।