प्रादेशिक अस्पताल गौर बन्यो भ्रष्टाचारको अखाडा, अध्यक्ष हासमी विरुद्ध स्थानीयहरु कारवाहीको माग उठाए

0 Shares

प्रेमचन्द्र झा
रौतहट, १७ साउन । प्रादेशिक अस्पताल गौर भ्रष्टाचार गर्नेहरुको अखाडाको रुपमा रुपान्तरित हुदै गएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष अनबर हासमीले अस्पताललाई व्यक्तिगत सम्पत्तिको रुपमा ठानेर गरेका एकपछि अर्को भ्रष्टाचार जन्य क्रियाकलापका कारण अहिले ठुलो विवादमा मुछिएका हुन् ।
अस्पताललाई व्यक्ति सम्पति ठानेर मनोमानी ढंगले आफ्नो नातेदार देखि लिएर पार्टीका कार्यकर्ता सम्मका रोजगारी दिने भर्ति केन्द्रको रुपमा रुपान्तरित बनेका कारण अस्पताल विकास समितिका अध्यक्ष हासमि विवादमा मुछिदै गएको बुझिएको छ । नेपाल सरकारको आर्थिक ऐन कानुनलाई धोति लगाउदै प्रदेशिक अस्पताल गौरमा अध्यक्ष आफैले निर्माण तथा खरिद कार्य गरेका कारण भ्रष्टाचार र अनियमितताको पराकाष्ठा नाघेको आरोप लागेका छन् ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरको सहमतिमा अध्यक्ष हासमीले टाईल्स जडान, औषधि खरिद, मर्मत सम्भार र रङ्गरोग्न, सहित विभिन्न उपकरणहरु खरिद देखि लिएर करारको कर्मचारी भर्नामा अनियमित एवं अपारदर्शी ढंगले कार्यहरु गरेको हुँदा गौर बजार भरी चासोको बिषय बनेको श्रोतले बतायो ।
जनता समाजवादी पार्टी (उपेन्द्र यादव) अध्यक्ष रहेको कोटाबाट हासमी अस्पताल विकास समितिका अध्यक्ष बनेपछि एक पछि अर्को भ्रष्टाचार गर्दै आएपनि प्रदेशका सरकारले केही गर्न सकेका छैनन् ।
“यत्र तत्र सर्वत्र लक्ष्मिपुजनमः” अर्थात अर्थको अगाडी सबै नकमस्त हुने गरेका छन् त्यसैको फाइदा हासमी अनवर रुपमा उठाउनमा माहिर रहेको बताइएको छ । भ्रष्टचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काग्रेस पार्टीको नेताहरुका शरणमा दौड धुपमा लागेको गम्भीर आरोप लगेका छन् ।
तर प्रदेशमा सुशासन ल्याउनको लागि बनेको जनमत पार्टी अध्यक्ष सिके राउतको सरकारले आफ्नो पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको रौतहटका मिडियाकर्मीहरु बताउँछन् ।
अस्पताल जस्तो पवित्र स्थानलाई अपवित्र बनाउदै अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयहरुले अध्यक्ष हासमीलाई बर्खास्त गरेर अध्यक्ष बनेको समय देखि नै छानविन गरी कारवाही गर्नुपर्ने माग उठाएका छन् ।
प्रादेशिक अस्पताल गौरका हरेक गतिविधिलाई नियालीरहेका निकायहरु पनि तै चुप मैं चुपको नीति अपनाएको हुँदा प्रादेशिक अस्पताल अनियमितता एवं भ्रष्टाचारको अखाडामा रुपान्तरिक भएका छन् ।
टायल्स फिटिंग, औसधि खरिद, न्यानो झोला, अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको तत्काल छानबिन गरेर दोषिलाई कडा भन्दा कडा कारवाही नभए सम्म अस्पतालमा भ्रष्टाचार मौलाउदै जाने श्रोतले ठोकुवा गरे ।
अस्पताल बिकास समितिले अस्पतालको विकास नगरेर व्यक्तिगत विकासमा लागेको विषयमा कुरा बुझ्न खोज्दा अध्यक्ष हासमि र अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर संग सम्पर्क हुन सकेनन् ।
मधेश प्रदेश सरकार यसमा गम्भिर भई प्रादेशिक अस्पताल गौरको अनियमितता छानबिन गराउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।