रौतहट, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानो ठिम भक्तपुरले शुक्रवार सार्वजनिक गरेको नजिता अनुसार ५२.९१ प्रतिशत परिक्षार्थीहरु उत्तीर्ण भएको जनाएको हो ।
नियमित तर्फ तीन लाख ८५ हजार ६३२ सहभागीहरु मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । यस्तै ग्रेड वृद्धि तर्फ २०७८ र २०७९ सालको परीक्षार्थीहरु मध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएको जनाइएको छ । ९२ हजार ५०९ सहभागी मध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।
२०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका छन् । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएका हुन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट