गौरमा अत्याधुनिक कृषि तथा पशु प्रयोगशाला भवनको शिलान्यास

0 Shares

रौतहट, ३२ साउन । रौतहट सदरमुकाम गौरमा आधुनिक तवरवाट परिक्षण गरिने कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माण गर्ने हेतु शुक्रवार एक समारोहका बीच गौर नगरका मेयर शम्भु साहले शिलान्यास गरेका छन् ।
गौर नगरपालिका वडा नम्वर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमा आज आयोजित एक कार्यक्रमका बीच नगरका मेयर साहले कृषि तथा पशु सेवा केन्द्र भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।
२०८२ साल बैशाख मसान्त भित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने उद्देश्यका साथ शिलान्यास गरिएका उक्त भवनमा माटो परिक्षण, पोखरीको पानी परिक्षण, विऊ परिक्षण, यार्ला तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद्य परिक्षण कृषि तर्फ गरिने छ ।
यसैगरी पशु प्रयोगशाला तर्फ गोबर परिक्षण, पशुको रगत तथा पिशाव परिक्षण, पशुको शल्यक्रिया, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिनका लागि भवनको शिलान्यास गरिएको बताइएका छन् ।
संघिय सरकारको बजेटबाट सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले २ करोड ३० लाख ४० हजारमा टेण्डर सकार गरेर २०८२ बैशाख मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
उक्त भवनको भुई तल्लामा दुई वटा ल्याब, कृषि र पशुको, पहिलो तल्लामा सेमिनार हल जसमा ५० जनाको क्षमता भएको तथा दोश्रो तल्लामा गेष्ट हाउस बन्ने जानकारी दिदै गौर नगरको मेयर शम्भु साहले गौरबासीको लागि सुखद खवर भएको बताए ।
बाहिर जान लागेको योजनालाई गौरमा ल्याइएको, यहाँका किसानहरुलाई सेवा सुविधा पुग्ने गरी कार्यलाई अघि बढाइएको बताउदै गौरका लागि मात्रै नभई जिल्लाभरीका किसानहरु आएमा उनीहरुलाई पनि सेवा एवं सुविधाहरु उपलब्ध गराउने उनले स्पष्ट पारे ।
सो शिलान्यास कार्यक्रममा उपमेयर सिलादेवी साह, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडाध्यक्षहरु लालबाबु जयसवाल, विनोद जयसवाल, शिवशंकर यादव, मनोज गिरी, लगायतका नेता एवं कर्मचारीहरुको उस्थिति रहेको गौर नगरपालिकाको प्रवक्ता एवं वडा नम्वर ९ का वडाध्यक्ष अर्जुन सिंहले जानकारी दिए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।