रौतहट, ३२ साउन । रौतहटको राजदेवी नगरपालिकाको एउटा यस्तो वडा रहेको छ जहाँ जान अहिले भारतीय बाटो भएर जानुपर्ने बाध्यता रहेको छ ।
राजदेवी नगरपालिका वडा नम्वर ६ सेढवा गाउँ वागमती नदी पारी सर्लाही तर्फ रहेको हुँदा उक्त वडामा जान अहिले भारतीय बाटो भएर जानुपर्ने बाध्यता रहेको हो ।
भारतको २ घण्टाको बाटो तय गरेर पुग्नु पर्ने बाध्यता हो तर त्यस गाउँको स्कुलमा इन्ट्रयाक्टीव प्यान वोर्डबाट अध्यापन गराईन्छ ।
सदरमुकाम गौर संग जोडिएको राजदेवी नगरपालिकाको दुर्गममा रहेको वर्डा नं. ६ को सेढवा टोलको स्कुलमा इन्ट्रयाक्टीव प्यान वोर्डबाट अध्यापन शुरु गरिएको छ । यति मात्र नभई प्रावि बाट सिधै मावी बनेका सेढवा मावी अहिले व्यवस्थीत एवम् जिल्लाकै गणित प्रयोगशाला भएको दोश्रो विद्यालय बन्न सफल भएका छन् ।
शुक्रवार एक कार्यक्रमका विच राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले, दुर्गम गाउँलाई सुगम बनाउने उदेश्यले गुणस्तरीय शिक्षा सुधारको लागि ८ कोठे भवन, गणीत र विज्ञान प्रयोगशाला, ६ वटा इन्ट्रयाक्टीव अर्थात अन्तरक्रियात्मक प्यानल बोर्ड सहित भवनका उदघाटण गरे संगै गाउँका नागरिकहरु उत्साहीत बनेका हुन् ।
यस्ता इन्ट्रयाक्टीव अर्थात अन्तरक्रियात्मक प्यानल बोर्डले भिडियोको माध्यमले शिक्षक नभएको समयमा एउटै शिक्षकले ६ वटा कक्षा संचालन गर्न सक्ने प्रविधि रहेको यसको पुर्ण सदुपयोग हुने मावी सेढवाका प्रधानाध्यापक नरेश प्रसाद यादवले बताए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दैै राजदेवी नगरपालिका मेयर भिखारी प्रसाद यादवले शिक्षा, स्वास्थ्य र कृषीलाई पहिलो प्राथमिकतामा राख्दै काम गरिरहेको बताउदै नगरपालिका भित्रका शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षामा जोड दिदै अधुनिकीकरण संग जोडी रहेको बताए ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला हुलाक कार्यलय रौतहटका हुलाक अधिकृत देवनाथ यादव, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पालिकाका कर्मचारीहरु, विद्यार्थीहरु तथा संचकर्मीहरुको उपस्थिति रहेको थियो ।