राधेश्याम कुशवाहा
सर्लाही, २ भदौं । विवादमै अल्झिएका हरिपूर्वा नगरपालिकामा करोडौंको लागतमा निर्माण गरिने दुई वटा विद्यालय भवनको शिलान्यास भएका छन् ।
विवादै विवादले परिचित रहेका स्थानीय मध्ये सर्लाहीको हरिपूर्वा नगरपालिकामा विवाद समान्य हुँदै गएपछि विकास निर्माण कायले विस्तारै विस्तारै गति लिन लागेका हुन् ।
राजनीतिक खिचातानका बीच गत बर्ष देखि विकास निर्माण कार्य ठप्प रहेका हरिपूर्वामा वाद विवाद एवं राजनीतिक द्धन्द साम्य बन्दै जाँदा विकास निर्माण गर्ने वातावरणको सृजना भएको बताइएका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारको चरम अभाव खेप्दै आएको हरिपूर्वा नगरपालिकाको दुई वटा सामुदायिक विद्यालयमा ८ करोड भन्दा बढिको लागतमा भवन निर्माणका लागि एक समारोहका विच नगरप्रमुखले शिलान्यास गरेका हुन् ।
वडा नम्वर ९ बसंतपुर गाँउ स्थित श्री राम जानकी माध्यमिक विद्यालयमा तिन वटा भवन निर्माण र वडा नम्वर ८ स्थित कन्या प्राथमिक विद्यालयमा एक वटा भवन निर्माण हुन लागेको हरिपूर्वा नगरपालिकाको शिक्षा शाखा प्रमुख जनक काफले जानकारी दिए ।
श्री रामजानकी माविमा बहु बर्षे (तिन बर्षे) संघिय विशेष अनुदान ८ करोड ५ लाख ९६ हजार मा निर्माण हुन लागेको हरिपूर्वा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र प्रसाद साहले जानकारी दिए ।
आउदो तिन बर्ष भित्र ३ तल्ले विद्यालय, २ तल्ले प्रशासनिक भवन, पुस्तकालय र चमेना गृह निर्माण हुने बताए । कन्या प्राविमा संघिय सरकारकै २५ लाखको लगानीमा ३ काठे भवन निर्माण हुने उनले भने । नेशनल अपर जेभीले विद्यालयमा ३ वटा भवन २ बर्षमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत साहले बताए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विनोद कुमार साहले स्थानिय तहमा निर्वाचित भएलगत्तै २ बर्षको हाम्रो कार्यकाल बाद विवादमै वितेको गुनासो गरे । गत आर्थिक बर्षको जेठ असार महिनामा मात्रै विकास निर्माणका कार्य हुन सक्यो, उनले भने । जे भयो सबै नमुनाकै रुपमा भयो । पछिल्लो नेतुत्वमा यस्तो कार्य नभएको उनले जिकिर गरे ।
निर्वाचनको समयमा जनताहरु संगरिएको प्रतिबद्धता अनुसार पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ रहेको बताउदै यस क्षेत्रमा उल्लेखनिय कार्य गर्दै जाने समेत बताए । यसको साथसाथै कृषि र अन्य पूर्वाधारमा जोड दिइने मेयर साहको भनाई छ ।
विगत २ बर्षदेखि सर्लाहीको विवादित स्थानिय तहको छवि बनाएको हरिपुर्वा नगरपालिकामा सहमति भएपछि विकास निर्माण कार्यले तिब्रता पाएको छ । प्रमुख प्रशासकिय सरुवा र केही जनप्रतिनिधिहरुको बाधा अवरोधले गर्दा २ बर्षमा विकास निर्माण प्रभावित हुदै आएको थियो ।
सर्लाहीको हरिपूर्वा नगरपालिकाका उपनगर प्रमुख सुमिन्त्रा देवीले दुवै विद्यालयका भवनको संयूक्त रुपमा उदघाटन गरेका हुन । भवन निर्माणले हरिपूर्वा नगरपालिकाको शैक्षिक तथा प्राविधिक शिक्षाको क्षेत्रमा क्रान्तिकारी सुधार ल्याउने बताए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट