सर्लाही, २ भदौं । नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले तिन दिवसीय पुजामा सहभागी हुन सबै संग अपिल गरेको छ ।
नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय कार्यालयको पत्रको आधारमा अन्य जिल्लाझै सर्लाहीमा पनि समाजको आयोजनामा कुशवाहाको कुल पुरुष कुशको जन्मदिनको अवसरमा कुश जयन्तीको रुपमा भव्यताका साथ मनाउन तिन दिवसिय पुजामा सहभागी हुन आह्वान गरिएको हो ।
कुशवाहा कल्याण समाजमा आवद्ध रहेका सम्पूर्ण बुद्धिजिवि, समाजसेवी, राजनीतिकर्मी, व्यापारी, महिला, युवाहरुलाई उक्त कार्यक्रममा सहभागी हुन अपिल गरिएको छ ।
जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ६ घुकौंली स्थित हनुमान चोकमा उपस्थित हुन आग्रह गर्दै जिल्ला सचिव विरेन्द्र प्रसाद कुशवाहाले आज आईतवार विहान ९ बजे रथ यात्रा तथा हरिवन नगरपरिक्रमा, भोली ३ गते विहान ९ बजे पुजा तथा भोली ११ बजे मन्तव्य तथा सम्मान कार्यक्रममा अनिवार्य उपस्थितिका लागि पत्र मार्फत जिल्ला सचिव कुशवाहाले आग्रह गरेका छन् । आज निकालिएको रथ यात्रा सहितको नगरपरिक्रमामा ५१ वटा ट्रेक्टर, तिन सय मोटरसाइकल, सहितका यात्रामा रामधुनको झाकी सहित करिव दुई हजार भन्दा मानिसहरु सहभागी रहेको सचिव विरेन्द्र प्रसाद कुशवाहाले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन