बलरा र गोडैता नगरपालिकामा किशोर–किशोरीलाई आत्मरक्षा तालिम

0 Shares
राधेश्याम कुशवाहा
सर्लाही, ४ भदौं । सर्लाहीको बलरा र गोडैता नगरपालिकामा किशोर किशोरीहरुलाई कसरी सुरक्षित रहने सम्बन्धमा जागरुक बनाउन आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
दुबै नगरपालिकामा ६२ जना किशोर–किशोरीहरूलाई कसरी सुरक्षित रहन लगायतका सम्बन्धमा लक्षित गरी ३ दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो ।
गाउँ घरमा हुने हिंसा, दुव्र्यहार र विभेदको विरुद्धमा आयोजित यस तालिममा सहभागीहरुलाई हिंसा हुन नदिन आफुले लिनुपर्ने जिम्मेवारी, हिंसा भइहाले भने प्रतिरक्षा गर्ने शारीरिक र मानसिक विधि, र हिंसा भइसकेपछि गर्नुपर्ने पहलहरु बारे ज्ञान लगायतका तालिममा सिकाइयो । साथै, सामाजिक सञ्जालको कसरी प्रयोग गरेर सुरक्षित रहन सकिन्छ भने समेत तालिममा सिकाइएका थिए ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा, सर्लाहीद्वारा सञ्चालित समुन्नति परियोजना अन्तर्गत उक्त तालिम सम्पन्न भएको बताइएको छ ।
गोडैता नगरपालिकामा भएको तालिमको उदघाटन गोडैता नपा ५ का वडा अध्यक्ष श्रीप्रकास गुप्ता, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बैजु शंकर राउत, र नगर स्तरीय बाल क्लब संजालका अध्यक्ष तथा उपाध्यक्षको उपस्थिति रहेको थियो । यस्तै बलरा नगरपालिकामा आयोजित तालिमको उदघाटन बलरा नपा वडा नम्वर ११ का वडा अध्यक्ष सुखलाल सहनी, पालिका प्रतिनिधि ओमप्रकाश कुशवाहा, नगर स्तरीय बाल क्लब संजालका अध्यक्ष र उपाध्यक्षको उपस्थिति रहेको थियो ।
कार्यक्रमको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका अध्यक्ष गायत्री देवीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तालिमको सहजीकरण गल्र्स किकले गरेको थियो । गोडैता नगरपालिका ५ स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक विद्यालय र बलरा नगरपालिका ९ स्थित श्री सिताराम माध्यमिक विद्यालयमा सञ्चालन भएको यस तालिममा ६२ भन्दा बढी किशोर–किशोरीहरूको सक्रिय सहभागिता रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका बाल संरक्षण अधिकृत अरविन्द प्रसाद कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।