रौतहट, ५ भदौं । बदलिदो परिवेशमा आँखा सम्बन्धी रोग बढ्दै गएपछि आँखालाई कसरी सुरक्षित राख्नुपर्छ भने सार्वजनिक गरिएको प्रतियोगिताको अव दुई दिन समय मात्रै बाँकी रहेको हुँदा समयमै आफनो जनचेतना मुलक सन्देश पठाई पुरस्कार जितौं ।
जनचेतना स्वरुप अनलाईन एवं युट्युब मार्फत प्रश्नको सटिक जवाफ दिएमा उचित पुरस्कारको व्यवस्थापन गरिएका हुन् । परोहा नगरपालिका र तराई टप अनलाईनको आयोजनामा आयोजित उक्त प्रतियोगिताको समय भदौं ७ गते साझ ५ बजे सम्म मात्रै रहेको हुँदा आ आफना सन्देश पठाउन आग्रह गरिएका हुन् ।
अन्धोपन, बाल अन्धोपन न्यूनिकरण गरिने उद्देश्यले समाजिक संजाल युट्युबको माध्यमबाट सटिक भिडियो बनाएर दिइएको इमेलमा पठाउनेहरु मध्ये उत्कृष्ट भिडियोलाई उचित पुरस्कारको व्यवस्थापन गरिएको छ ।

सर्वसाधारण एवं समाजमा रहेका प्रतिभावान छात्रछात्राहरुको मनोविज्ञान एवं स्वास्थ्य प्रतिको जागरुकता बढाउने उद्देश्यबाट परोहा नगरपालिकाको तथा तराई टप अनलाईन को आयोजना हुन लागिएको यो जनचेतना मुलक सन्देशलाई आत्मसाथ गरेर सार्थक भिडियो बनाई आफनो प्रतिभाको प्रदर्शन गर्न आयोजकले जनहितमा यो जानकारी सार्वजनिक गरेका छन् ।
“हाम्रो कत्तव्र्य, हाम्रो जिम्मेवारी, आँखामा सबैको साझेदारी” मुल नाराका साथ प्रथमक पटक संचालनमा ल्याइएको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो सन्देशलाई निर्धारित समयमा पठाई उचित पुरस्कार जित्न आयोजक ले आग्रह गरेको छ ।
भिडियो सन्देश पठाउने ठेगाना
mail_ aarya9845170030@gmail.com
whats app_00977-9845170030
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन