शान्ति, सुव्यवस्था र विधिको शासन कायम गराउने सरकारको प्रमुख प्राथमिकताः गृहमन्त्री रमेश लेखक

0 Shares
जनकपुरधाम, ६ भदौं । गृहमन्त्री रमेश लेखकले शान्ति, सुव्यवस्था र विधिको शासन कायम गराउने शिलशिलामा दुई दिने मधेश भ्रमणको क्रममा विहिवार विहान जनकपुरधाम आइपुग्नु भएको छ ।
आज विहान जनकपुरधाम विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरु संग कुरा गर्दै गृहमन्त्री लेखकले मुलुकमा दिगो शान्ति कायम गरेर सुशासन व्यवस्था कायम गर्नुका साथै विकास र समृद्धि प्राप्त गर्ने गराउने कार्यमा वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको र सोही अनुसार अघि बढिरहेको बताए ।
वर्तमान सरकार जनतालाई सुशासन सहितका उपलब्धीहरु दिनका लागि बनेको हो, जनताहरुलाई जतिसक्दो सेवा सुविधा एवं शान्ति सुरक्षा दिई पूर्ण रुपमा विकासको प्रत्याभुति गराई मुलुकमा शान्ति सुव्यवस्था तथा विधिको शासन काम गराउने कार्यमा पूर्ण प्रतिबद्ध रहेको जिकिर गरे ।
साथै नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गरी परिमार्जन गर्ने तथा कानुन नयाँ बनाउने तर्फ गृह मन्त्रालयबाट आवश्यक प्रक्रिया अघि बढाइसकेर अर्थ मन्त्रालयमा गएको गृहमन्त्री लेखकले स्पष्ट पारे ।
उनले प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन÷परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए । प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त रहन आग्रह गरे ।
गृहमन्त्री लेखकलाई विमानस्थलमा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, उपसभापति विरेन्द्र प्रसाद सिंह, सहितका नेताहरुले भव्य रुपमा स्वागत गरे । मधेश सरकारका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुvले भव्य रुपमा स्वागत गरेको नेका मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
गृहमन्त्री लेखक विमानस्थलबाट सिरहा जिल्लाको लागि प्रस्थान गरे । जहाँ स्व. प्रदीप गिरीको दोश्रो पुण्यतीथिको अवसरमा सहभागी हुने र आजै सिरहा जिल्लाको सुरक्षा अवस्थाको जायजा लिदै सुरक्षा निकायका प्रमुखहरु संग छलफल गरी निर्देशन दिई आज साझ जनकपुरधाम फर्किने कार्यक्रम रहेको उनले बताए । भोली विहान जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको उनले भने ।
जनकपुरधाम विमानस्थलमा गृहमन्त्री रमेश लेखकलाई नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र उपसभापति विरेन्द्रप्रसाद सिंहले भव्य रुपमा स्वागत गर्दै गरेको तस्वीर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।