काठमाडौं, ८ भदौं । भारतीय नागरिक चढेको बस तनहुँमा दुर्घटनामा मृत्यु भएका नागरिकको शव भारतीय वायुसेनाको विमानबाट महाराष्ट्रको नासिक लगिने भएको छ ।
हिजो पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँका आँबुखैरेनी गापा २ एना पहराको भिरबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । सो मध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको थियोे ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
आफना नागरिकको शव लिन र घाईतेको अबस्था बुझ्न भारत सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौ आईपुगेकी छिन, अहिले टिचिंग शिक्षण अस्पताल महराजगञ्जमा घाइतेहरुको भईरहेको उपचारको निरीक्षण गरिरहेकी छिन् ।
दुर्घटनामा परेर मृत्युु भएकाहरुलाई आजै भारतीय वायु सेनाको विमानबाट नासिक लगिने बुझिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन