सर्लाही, ८ भदौं । मापदण्ड विपरित एवं अनाधिकृत रुपमा खोलामा उत्खनन गरेर खोलाजन्य पदार्थ निकालिएका खाल्डोमा डुबेर सर्लाहीमा एक किशोरको मृत्यु भएको छ ।
इश्वरपुर नगरपालिका वडा नम्वर ५ सखुवानी स्थित रहेका फूलजोर खोलाबाट खोलाजन्य पदार्थ निकाल्ने क्रममा खनिएका ठूलठूला खाल्डोमा डुबेर इश्वरपुर नपा ४ सागरनाथका १७ बर्षिय किशोर निशान थापा मगरको मृत्यु भएको हो ।
साथीहरु संग फुटबल खेल्न आएका मगरलाई गर्मी लागेपछि खोलामा नुहाउन जाँदा उक्त खाल्डोमा परेर डुबे । खाल्दो निकै गहिरो रहेको हुँदा निजलाई निकाल्न सशस्त्र प्रहरीको गोताखोरको मद्दत लिनुपरेको बताइएको छ ।
सशस्त्र प्रहरीको वर्दीवास स्थित बाहिनीबाट गोताखोरको टोली आएर खाल्डोमा डुबेका युवकलाई बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । किशोर डुबेको खाल्डो करिव ३० मिटर गहिरो रहेको बुझिएको छ ।
यसरी क्षणिक आर्थिक स्वार्थका कारण मापदण्ड विपरित खोलामा ठूलठूला खाल्डो बनाएर खोलाजन्य बस्तु निकाली त्यसै छाडेका कारण सर्लाहीमा आज एक किशोरले ज्यान गुमाउनु पर्यो ।
यसैगरी सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्र २ मा आज विहान पोखरीमा डुबेर एक ६ बर्षिय बालकको मृत्यु भएको छ ।
स्थानीय सन्जय साहका छोरा ६ वर्षीय अंकित साह घर नजिकै रहेको रामजानकी मन्दीरको पोखरीमा डुबेको अवस्थामा ९ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
दुबै घटनाका मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जानकारी उनले दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट