महोत्तरी, ९ भदौं । महोत्तरी जिल्लाको रामगोपापुर नगरपालिका २ का अध्यक्ष मुकेश यादव कल्भर्ट नजिक मृत अवस्थामा फेला परेको छ ।
जलेश्वर वर्दिवास सडक खण्ड अन्तर्गत पर्ने बर्दिवास नगरपालिका वडा नम्वर ८ स्थित औरही गाउँ निजक रहेको कल्भर्ट मुनी लु.प्रदेश ०१–००१प ६३६२ नम्वरको मोटरसाइकल सहित वडाध्यक्ष यादव मृत अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
रातिको समयमा भएको हुनाले कल्भर्टमा ठोक्किएर घटना घएको हुन सक्ने आशंका गर्दै तर ठोस प्रमाण खुलेपछि केही भन्न सकिने जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी सन्तुप्रसाद जयसवारले बताए । घटना सम्बन्धमा प्रहरी गहन अनुसन्धान गरिरहेको छ ।
मृतक यादव नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
रामगोपालपुरमा आज शोक विदा
यसैविच रामगोपालपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले शोक वक्तव्य जारी गर्दै वडा नम्वर २ का अध्यक्ष यादवको भएको असमायीक निधन बाट नगरपालिकालाई अपूर्णिय क्षति भएको तथा उहाँको आत्माको चिर शान्तिको कामना गर्दैै शोक सन्तप्त परिवार प्रति हार्दिक शमवेदना प्रकट गरे । साथै आज ९ गते रामगोपालपुर नगरपालिकामा शोक विदा दिएको र तीन दिन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने एक पत्र मार्फत जानकारी गराए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन