जनकपुरधाम, ९ भदौं । मुख्यमन्त्री सितशकुमार सिंहले पर्यावरणलाई मानवीय अनुकुल बनाउन दिगो रुपमा वृक्षारापण गरी वन जंगललाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका स्थित ८२ बिगहा जग्गामा लगाइएको ६ हजार आँपको बोट फँडानी गरेर सोलार प्लान्ट लगाउन जग्गा भाडा दिने किसानको बाध्याता तर्फ नागरिक अभियन्ताहरुले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराउदा उनले वनजंगलको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
आइतबार मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरधाममा नागरिक अभियन्ताहरुले मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
फुलगेन मगही सहितका अभियन्तालाई मुख्यमन्त्री सिँहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्जिने नदीउकासको जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए । “सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दुरीमा रहनुपर्ने कारणले समस्या रहेको छ तर, त्यसको समाधान पनि खोजिनेछ,” उनले भने ।
मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा आँपको पकेट क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकास लगायतका काम गरिरहेको भन्दै बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङ् मार्फत सिँचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्य गृह कार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेकोे बताए ।
मुख्यमन्त्री सिँहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसानलाई लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नील गाई व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणा अनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा किटाशक औषधि, मलखाद्य तथा उपकरणको व्यवस्थ, सिँचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।
एका तिर पर्यावरणलाई जोगाउन रुख रोप्न प्रोत्साहन गरिरहेको अवस्थामा ८२ विगहा जग्गामा लगाइएको आँपको बगैचालाई कटान गरेर सोलार प्लान्ट लगाउन दिन नै मधेशको लागि घातक हुने भएको हुँदा प्रदेश सरकार त्यसमाथि यथोचित रुपमा विचार गरेर पर्यावरणको संरक्षण गर्ने कार्यमा स्थानीय सरकार संग मिलेर अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री सिंहले जनाए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन