रौतहट, १० भदौं । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने राजमार्गमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ,
काठमाडौंबाट चन्द्रपुर तर्फ आउदै गरेका बागमती प्रदेश ०३–००१ च ५३१ नम्वरको टाटा सुमो र पूर्व बाट पश्चिम तफ गईरहेका प्रदेश १–०२–०४३ प ८०२५ मोटरसाइकल चन्द्रपुर नगरपालिका वडा नम्वर ४ मा पर्ने पूर्व पश्चिम राजमार्गको धनसर पुल नजिक सोमवार दिउसो १.४० बजेको समयमा एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
मोटरसाइकलमा सवार सुनसरी धरान उपमहानगरपालिका वडा नम्वर १५ का ३३ बर्षिय तुलसी ओझा र मोरंग सुन्दरहैचा नगरपालिका वडा नम्वर ११ का विवस सापकोटाको मृत्यु भएको इकाल प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी राजकुमार राइले जानकारी दिए ।
दुर्घटना पश्चात टाटा सुमोका चालक फरार भएको हुँदा तिनको खोजी कार्य भईरहेको तथा मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि चन्द्रपुर स्थित सरकारी अस्पतालमा राखिएको बताए । मृतकको परिवारजनलाई खवर गरिसकेको हुँदा उनीहरु आएपछि शवलाई जम्मा लगाउने जानकारी दिदै घटना वारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन