रौतहट, ११ भदौं । जिल्लामा शान्ति सुव्यवस्था कायम गराउन अश्लिल गित बजाउन प्रतिबन्ध ? डिजे बजाउन प्रतिबन्ध ? सीमाबाट तस्करी प्रतिबन्ध ? जस्ता सस्तो नारा दिने रौतहट प्रहरीको कथनी र करनीमा फरक देखिएका छन् ।
भदौ ६ गते जिल्ला प्रहरी कार्यालय रौटहटले जारी गरेको प्रेस नोटमा कुनैपनि बहानामा भोजपुरी अश्लिल गित नबजाउनु, बजाएमा कानुन अनुसार कारवाही हुनेछ, उच्श्रृंखल एवं विना इजाजत नाँच गान नगराउनु भनिएका थिए तर जिल्ला प्रहरीको उक्त प्रेस नोटको उद्देश्य हिजो राति देखि सर्वत्र भोजपुरी अश्लिल गितमा नृत्य जारी छ, डिजे साउण्ड पनि बज्दै छ र सीमा क्षेत्रबाट राजस्व छलीका सामानहरु निर्वाध रुपमा नेपाल भित्रिने कार्य जारी रहदा कथनी र करनीमा फरक देखिएका हुन् ।
जिल्लाको विभिन्न स्थानहरुमा लागेका मेलाहरुमा नाँच गान भई रहेको पाइएपनि कारवाही गर्ने निकाय को विज्ञप्ती कागजको खोष्टोमै सिमित भएको छ । दैनिक रुपमा भारतबाट नेपाल तर्फ तस्करहरुले सामानहरु ओसार्ने कार्यलाई जारी राखेका छन् । चिनी, कपडा, स्पेयर पार्टस, रासायनीक मल, चामल, लगायतका दैनिक उपभोग्य सहितका सामानहरु तस्करीको माध्यमबाट आउने कार्य भईरहेको छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु पनि मस्त छन्, दिने संग लिने र बढि दवाव दिएमा समातिने परमपरा कायमै रहदा जिल्लामा इमान्दार बन्ने महाशयको इमान्दारीता माथि प्रश्न चिन्ह् खडा भएका छन् ।
नेपालबाट युनिलिभरको सामानहरु निर्वाध रुपमा राजेश पासवान सहितका कारोवारीहरुले दैनिक रुपमा ओसारिरहेका छन् । मदिरा त्यकै गईरहेका छन् तर तिनीहरुलाई कारवाही गर्ने समातिने कार्य खासै रुची राखिएको सुरक्षाकर्मीमा देखिन । त्यती मात्रै नभई विपी चोकमा रहेका किराना पसल, नेपाल लज देखि उत्तर रहेका किराना पसलमा मुकेश साहले चिनी रिफाइन, वरहवा पुल पारीको किराना पसलबाट दैनिक रुपमा पिकअप भ्यानमा लोड भएर सामानहरु कसरी गईरहेको छ यो सेटिंग नभई कसरी गयो त ? प्रश्न उठ्नु स्वभाविकै हो ।
सर्वसाधारण जनताहरु घर काज अथवा विहेवारी वा मृत्यु भोजका लागि सामान ल्याउनुपर्दा निकै गाह्रो रहेको तर तस्करहरुलाई दैनिक निर्वाध रुपमा लैजान छुट रहेको हुँदा स्थानीयहरु निकै चिन्तीत बनेका छन् । गौर, लक्ष्मिपुर बेलविछवा, ब्रम्ह्पुरी नाकाको यस्तो रहेको छ ।
लाल बकैया नदी पश्चिमको अवस्था
बकैया नदी पश्चिमका नाकाहरुको अवस्था त यस भन्दा निकै भयाभय रहेका छन् । बन्जरहा नाका भएर अमरजित साहले कपडा, सुर्ती, मदिरा । मठिया भएर ७ देखि ८ मोटरसाइकल संचालन गराउने रामबाबु, पवन जितेन्द्रले चिनी, कपडा, किराना सामान, रासायनिक मल र नेपाल भारत भारत तर्फ रक्सी को कारोवार गरिरहेका छन् ।
यस्तै जयनगरबाट राजले चप्पलजुत्ता, कपडा, हार्डवेयरको काम । जावेद भन्ने व्यपारीले कपडा । संजय र धर्मजितले चिनी, रासायनिक मल, कपडा तथा लम्बु भन्ने तस्करले मठिया औरिया भएर गाई भारत तर्फ पठाएर कारोवार गर्दै आएको श्रोतको दाबी छ । यीनीहरुले सम्बन्धित युनिटहरुलाई महिनेवारी रकम दिएर कारोवार गरिरहेको पाइएका छन् ।
तर नियन्त्रण गर्ने निकाय रौतहट जिल्लामा तस्करी भईरहेको छैन भनिरहदा मानिसहरु अब पत्याउन छाडिसक्यो किनभने यदी तस्करी नहुँदा एक दुई विराएर प्रहरीकै मेलमा लाखौं मूल्य बराबरको मालसामान पक्राउ कारवाहीको लागि भन्सार कार्यालय दाखिला गरेको प्रेस नोटले नै पुष्टि गर्दछ रौतहटमा तस्करीको अवस्था कस्तो रहेका छन् ?

समाचार तयार पारुनजेल जिल्ला प्रहरी कार्यालय रौतहटबाट मेल आउछ । त्यसमा ५ लाख ९० हजार ४४४ रुपैया मूल्य बराबरको सामान बरामद, तिन जना मानिस पक्राउ, मोटरसाइकल सहितका विभिन्न समानहरुलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय दाखिला भनेर आएको मेलले नै यहाँको तस्करीको अवस्था कस्तो रहेका छन् त्यसलाई छरपष्ट पार्दछ ।
त्यही भएर माथि लेखिन बाध्य भयौं कि प्रहरीको कथनी र करनीमा फरक देखियो । भनाईको अर्थ प्रहरीले भने अनुसारको कार्य कागजमै राखिनको लागि भए ठिक नत्र यत्रो मिडियाबाजीको कुनै अर्थ छैनन् ।
रौतहट प्रहरी प्रमुखको धारणा
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दिलिप घिमिरेले आँशिक उपलब्धी भएपनि सफलता नै हो तर जिल्ला प्रशासन कार्यालयबाट इजाजत नलिइकन नाँचगान गराउने माथि आज देखि कडाई गरिने प्रतिबद्धता जनाए । राजस्व चुहावटका सामानहरु बरामद भईरहदा तस्करी कसरी रोकिएको भन्न सकिन्छ ? प्रश्नको जवाफमा एसपी घिमिरेले हामी कोशिश गर्ने हौं, सुचना प्राप्त भए सम्मका सामानहरु नियन्त्रणमा लिएका छौं, निगरानी गरेका छौं तर सबैको साथ सहयोग भएमा मात्रै नियन्त्रण हुने बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट