0
Shares
इस्लामावाद, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानको भ्रमण गर्न निम्तो गरिएको पाकिस्तानी पत्रिका डनमा खवर प्रकाशित भएको छ ।
पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीलाई अक्टोबरमा आयोजना हुने सांघाई सहयोग संगठनमा सरकार प्रमुखहरूको बैठकमा सहभागी हुने आमन्त्रित गरिएको पाकिस्तानी विदेश कार्यालयका प्रवक्ताले बिहीबार जानकारी दिएको हो ।
साप्ताहिक प्रेस ब्रिफिङका क्रममा पाक विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले अक्टोबर १५–१६ मा हुने बैठकमा सहभागी हुनका लागि देशका प्रमुखहरूलाई निमन्त्रणा पठाइएको डन अखबारले जनाएको छ ।
“सोही क्रममा भारतीय प्रधानमन्त्रीलाई पनि निमन्त्रणा पठाइएको छ,” बलोचलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन