कुमारी बबिताको अध्यक्षतामा ७५ सदस्यीय आम महिला मोर्चाको केन्द्रीय कमिटि गठन

0 Shares
राज्यको हरेक अंग र निकायमा महिलाको ५१ प्रतिशत सहभागिताका लागि महिला मोर्चाले आन्दोलन गर्ने चेतावनी दिए
रौतहट, १५ भदौं । आम जनता पार्टी (आजपा) को भातृ संगठन आम महिला मोर्चाको केन्द्रीय कमिटि सर्वसम्मतबाट गठन भएको छ ।
कुमारी बबिताको अध्यक्षतामा ७५ सदस्यीय आम महिला मोर्चाको केन्द्रीय कमिटि सर्व सम्मतबाट गठन भएको हो ।
संघिय राजधानी काठमाडौंमा शनिवार सम्पन्न भएको भेलाबाट कुमारी बबिताको अध्यक्षतामा आम महिला मोर्चा गठन भएको प्रेषित विज्ञप्तीमा जनाइएको छ । भेलाले देशमा रहेको जनसंख्याको आधारमा राज्यको हरेक तर निकायमा ५१ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने माग अघि सारेका छन् ।
विभिन्न समयमा मुलुकमा भएको हरेक आन्दोलनमा महिलाहरुको सहभागिता रहेको भए पनि महिलालाई ३३ प्रतिशतमा सिमित राख्नु न्यायसंगत नभएको अध्यक्ष कुमारी बबिताले जनाएकी छिन् । यस्तै महिलाको हकअधिकार एवं महिला हिंसाको बिरुद्धमा देशव्यापी बिभिन्न संघर्षका कार्यक्रम गर्ने मोर्चाले निर्णय गरेका हुन् ।  ‘सरकार, व्यवस्थापिका, न्याय, आयोग, सेना, प्रहरी, कर्मचारी देखी राज्यको हरेक अंग र निकाय जनसंख्याको आधारमा महिलाको सहभागिता ५१ प्रतिशत हुनुपर्छ । सरकारले हाम्रो माग सम्बोधन नगरे यसका लागि हामी बाध्य भएर आन्दोलनमा उत्रिन्छौं’ महिला मोर्चाकी अध्यक्ष बबिताले भनिन् ।
भेलाले उपाध्यक्षमा रुपसागर उपाध्याय, रन्जुकुमारी साह, हेमादवी साह, सावित्री चौधरी, चन्दाकुमारी साह, महासचिवमा सिमा जयसवाल, उपमहासचिवमा सबिता बुढाथोकी, रिना पटेल, सचिवमा देवकुमारी साह, सकिना खातुन, सुनिता महतो, विभा साह, मंजु कुशवाहा र कोषाध्यक्षमा मिनादेवी साह सर्वसम्मत चयन भएको जनाइएको छ ।
यसैगरी सदस्यहरुमा फुलबदन देवी, सिवानी साह, किरण यादव, आशादेवी कानु, पुजा कुशवाहा, सोविता गोतामे, हरिकला देवकोटा, रेखा साह, कोशिला देवी साह, डा.स्रष्टा कौशित, मधु चौधरी, ममता चौधरी, कनन सिंह (ममता साह), प्रेमा देवी साह, पुजा गुप्ता, श्रीदेवी श्रेष्ठ, उमा सापकोटा, बिमल भुजेल, डम्बर कुमारी सन्कर, घुर्मी देवी खत्वे, सरस्वती तामाङ, सन्ध्या पासवान, उमा तमाङ, पुनम थापा, लक्ष्मी सुनार सविता देवी साह, इन्द्रवती देवी साह, मन्जु राउत, सोनामती राम, अन्जु यादव लगायतका रहेको मोर्चाका इन्चार्ज देवी पण्डित र अध्यक्ष कुमारी बबिताले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।