घोडा खच्चरको कल्याण तथा संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी गौरमा सम्पन्न

0 Shares

रौतहट, २८ भदौं । रौतहट सदरमुकाम गौरमा पहिलो पटक घोरा खच्चरको संरक्षण कल्याण हेतु “सरोकारवालाहरु संग सुझाव संकलन तथा पृष्ठपोषण” सम्बन्धि एक दिने कार्यशाल गोष्ठी गोरमा सम्पन्न भएको छ ।

सो कार्यक्रम ओन (one Health) हेल्थ लाई मध्य नजर गर्दै मानव स्वास्थ्य , पशु स्वास्थ्य, वातावरण स्वास्थ्य लाई विशेष ध्यान दिएर कार्यक्रम गर्ने लक्ष्य  आयोजकको रहेको हो ।
द डंकी सेन्चुरीको आर्थिक सहयोगमा ग्यालप् फर गुड परियोजना अन्तर्गत गौर स्थित सिया प्यालेसमा शुक्रवार आयोजित कार्यक्रम सरोकारबाला पक्ष संग घोरा खच्चरको कसरी संरक्षण गर्ने विषयमा वृहद रुपमा छलफल गरिएको हो ।
गौर नगरपालिकाको मेयर शम्भु साहले बदलिदो एवं आधुनियक युगमा घोडाखच्च प्रति उदाशिनता छाएको हुँदा पेशाकर्मीहरु घोडा छाडेर इलेक्ट्रीक साधन तर्फ आकर्षित भएकोमा यो पेशा लोप हुन लागेको महसुस गरे । विभिन्न चाँड पर्व, धार्मिक अनुष्ठान, विहेवारीमा राम्रा राम्रा घोडाको माग रहेकोमा उन्नत जातका घोडा पालेर आ आफना पेशालाई निरन्तरता दिन सुझाव दिदै त्यस कार्यमा नगरपालिकाबाट हुने सक्दो प्राविधिक तथा अन्य सहयोगको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा श्रोत व्यक्तिको रुपमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा (एएचटिसीएस) का सदस्य केशर रानाभाट, एएचटिसीएसका पोखराका वेलफेयर फैसिलिटेटर रमन मिश्रा, हेल्थ कन्सर्नका रिसर्च फिल्ड अफिसरद्धय जिज्ञासा भटराई र विश्मीता बस्नेत तथा वातावरण क्षेत्र (पेशवान) का फिल्ड अफिसर सम्राट घिमिरेले घोडा खच्चरको संरक्षण एवं सम्बर्धन सम्बन्धी जानकारी मुलक सन्देश दिए थिए ।
पहिलो चरणमा नेपालको चार वटा जिल्लामा सर्वे भईरहेको छ । पहाडको आछाम, जाजरकोट र तराईका बाँके, रौतहटमा यो कार्यक्रम गर्दै आईपुगेको एएचटिसिएसका सदस्य केशर रानाभाटले बताए ।
सो कार्यशाला गोष्ठिमा टाँगा व्यवसायीहरु, पशु चिकित्सक, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको एएचटिसिएसका रमण मिश्राले जानकारी दिए ।
नेपालमा आसमान नेपाल, एएचटिसिएस, पेशवान र हेल्थ कन्सर्न गरी चार वटा संस्थाले यो कार्यक्रमलाई संचालन गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।