रौतहट, २९ भदौं । ईटा उद्योगमा प्रयोगमा ल्याउने गरेको घोडा खच्चरलाई पूर्ण रुपमा स्वस्थ राखेर त्यसको उचित व्यवस्थापन गराउन तथा असहज परिस्थितिबाट कसरी जोगिन सकिन्छ भने सम्बन्धमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
रौतहट सदरमुकाम गौर स्थित सिया प्यालेसमा आयोजित उक्त कार्यक्रममा इटा उद्योगका व्यवसयीहरुको समसामयी समस्या एवं चुनौतीलाई समाधान गर्न हेतु शनिवार वृहद रुपमा छलफल गरिएको हो ।
उक्त कार्यक्रम ओन हेल्थलाई मध्य नजर राख्दै मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण स्वास्थ्यलाई विशेष ध्यान दिएर कार्यक्रमको मुख्य उद्देश्य एवं लक्ष्य रहेको कार्यक्रम आयोजक समितिले जनाएका छन् ।
घोरा खच्चरको संरक्षण कल्याणको लागि “सरोकारवालाहरु संग सुझाव संकलन तथा पृष्ठपोषण” सम्बन्धि एक दिने कार्यशाल गोष्ठीमा आज इटा व्यवसायी र एग्रोभेट व्यवसायी संगको कार्यक्रम गोरमा सम्पन्न गरिएका हुन् ।
कार्यशाला गोष्ठीमा उपस्थित इटाव्यवसायीहरुले उद्योगमा ठेक्केदारको मार्फत घोडाको माध्यमबाट इटाहरुको ढुवानी हुने गरेको भएपनि वेला वेलामा विरामी पर्दा यहाँ दक्ष एवं परेको समयमा चिकित्सक उपलब्ध नहुँदा समस्या झेल्नु परेको बताए । रौतहट जिल्लामा ६५ इटा उद्योग संचालनमा रहेको छ तर यहाँ तर पशु चिकित्सकको चरम अभाव रहेको गुनासो गरे ।
हामीहरुलाई पहिलो पटक यस्ता कार्यक्रमको माध्यमबाट सचेत गराइएको, घोडालाई कसरी राख्ने, कस्तो वातावरणमा राख्ने, कति समय सम्म काममा लगाउन लगायतका प्राविधिक ज्ञान सहितको आवश्यक सामग्रीहरु पाएकोमा अनिल इटा उद्योगका संचालकले बताए ।
सो कार्यशाला गोष्ठीमा श्रोत व्यक्तिको रुपमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा (एएचटिसीएस) का सदस्य केशर रानाभाट, एएचटिसीएसका पोखराका वेलफेयर फैसिलिटेटर रमन मिश्रा, हेल्थ कन्सर्न रिसर्च फिल्ड अफिसरद्धय जिज्ञासा भटराई र विश्मीता बस्नेत तथा वातावरण क्षेत्र (पेशवान) का फिल्ड अफिसर सम्राट घिमिरेले आ आफना पक्ष राखेका थिए ।
पहिलो चरणमा नेपालको चार वटा जिल्लामा सर्वे भईरहेको छ । पहाडको आछाम, जाजरकोट र तराईका बाँके, रौतहटमा यो कार्यक्रम गर्दै आईपुगेको एएचटिसिएसका सदस्य केशर रानाभाटले बताए ।
गोष्ठिमा इटा व्यवासायीहरु, संचारकर्मी सहितका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको एएचटिसिएसका रमण मिश्राले जानकारी दिए ।
द डंकी सेन्चुरीको आर्थिक सहयोगमा ग्यालप् फर गुड परियोजना अन्तर्गत
नेपालमा आसमान नेपाल, एएचटिसिएस, पेशवान र हेल्थ कन्सर्न गरी चार वटा संस्थाले यो कार्यक्रम संचालन गरेर पहिलो चरणमा सर्वेका कार्यहरु गरिरहेको बताइएको छ ।
यसैगरी आजै दिउसो सिया प्यालेशमा एग्रोभेट व्यवसायीहरुलाई राखेर वृहद रुपमा छलफल गरिएको आयोजक संस्थाले जनाएको हो ।
यसैगरी आजै विहान गौरमा रहेका घोडा व्यवसायीहरुको घरदैलोमा गएर अहिलेको समयमा उत्पन्न भईरहेको समस्यालाई पहिचान गरेर समाधानको उपायहरु सम्बन्धी सुझावहरु दिइएको हेल्थ कन्सर्न रिसर्च फिल्ड अफिसरद्धय जिज्ञासा भटराईले जानकारी गराइन् ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन