422
Shares
तराई टप संवाददाता
रौतहट, १० कार्तिक । रौतहटको वन क्षेत्रबाट सालको गोलीया बनाएर चोरी गरी लगिदै गरेको अवस्थामा मंगलवार राति जंगलसहियाबाट सात वटा सालको ४० क्युविक फिट काठ बरामद गरिएको छ ।
डिभिजन वन कार्यालय चन्द्रपुरको अनुसार विशेष सुराकीको आधारमा हरिनगर वन रेन्जपोष्ट र डिभिजन वन कार्यालयबाट खटिगएको सशस्त्र वन रक्षक सहितको टोलीले जंगलसहियाबाट सात वटा साइकलमा ३० क्यूफिट काठ बरामद गरिएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए ।
यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्रहरी कार्यालय गरुडाको टोलिले मंगलबार रातिनै ३ थान सालको गोलिया करिब ७ क्युफिट काठ र ३ वटा साइकल बरामद गरेको छ । बरामद काठ सेक्टर बन कार्यालय चोंचा र ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन