सर्लाही, ३ असोज । संविधान दिवस उत्साह र हर्षोल्लासका साथ सर्लाही जिल्लाको विभिन्न स्थानमा मनाएका छन् ।
यसैक्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा संविधान दिवस २०८१ विशेष कार्यक्रम सहित हर्षोल्लास एवं उत्साहपुर्वक मनाइएका हुन् ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा सामुदायिक स्थानहरूको सरसफाइ गर्दै संविधान दिवस मनाइको छ ।
संविधान दिवसको अवसरमा चन्द्रनगर गाउँपालिका कार्यालय अगाडिको सडक, नाढिमन ताल क्षेत्र र शिव मन्दिरको आसपासमा सरसफाइ गरियो ।
सरसफाइ कार्यक्रममा प्रमुख सहभागिता जनाउनेहरूमध्ये गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गितादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल, वडा नं १ देखि ७ वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति उल्लेखनिय संख्यमा उपस्थिति रहेका थिए ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले संविधान दिवसको अवसरमा बोल्दै नेपालको संविधानबाट देशको कानुनी संरचना, जनताको अधिकार र कर्तव्यलाई परिभाषित गरेको उल्लेख गरे । उनले संविधान दिवस जस्तो महत्वपूर्ण दिनलाई सम्झनका लागि सामुदायिक गतिविधिहरू, विशेष गरी सरसफाइ अभियान, निकै सान्दर्भिक भएको बताए ।
अध्यक्ष महतोका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय जनताबीच एकता, सदभाव, जागरूकता र जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन् । उपाध्यक्ष गितादेवी महतोले संविधानले सबै नेपाली नागरिकलाई समानता, स्वतन्त्रता, र न्यायको अधिकार सुनिश्चित गरेको बताउँदै संविधान दिवसको महत्वलाई जनसमक्ष फैलाउन आवश्यक रहेको धारणा राखिन् । उनले यस किसिमका सरसफाइ अभियानहरूले न केवल गाउँलाई सफा राख्न सहयोग गर्छन्, बरु जनचेतना अभिवृद्धि गर्ने र स्वस्थ समाज निर्माणमा पनि टेवा पु¥याउँछन् भन्नेमा जोड दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले पनि कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै गाउँपालिकाले संविधान दिवसलाई सम्झनका लागि गरेको यो सरसफाइ अभियान अत्यन्तै सराहनीय रहेको बताए । उनले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सरसफाइ कार्यक्रमका क्रममा जनप्रतिनिधिहरूले नाढिमन ताल र शिव मन्दिर क्षेत्रको विशेष सफाइ गरियो । यसले त्यहाँको सौन्दर्य बढाउनुका साथै धार्मिक र पर्यटनस्थलको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
संविधान दिवसको अवसरमा गरिएको सरसफाइ कार्यक्रमले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबीच एकताको सन्देश फैलाउनुको साथै यसले समुदायलाई सफाइको महत्वबारे पनि चेतना फैलाएको विश्वास आयोजकले लिएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट