रौतहट, ४ असोज । रौतहटको राजपुर नगरपालिकामा हैजाको जस्तो संकेत देखा परेका छन् ।
राजपुर नगरपालिका वडा नम्वर ३ र ४ मा हैजाको जस्तै संकेत देखा परेका हुन् । झाडापाखालाबाट ग्रसित भएर विहिवार र शुक्रवार २२ उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा आए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरुको उपचार गरेपछि ७ जनाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा लाइएको थियो । प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट सेम्पलको परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको प्रादेशिक अस्पताल गौरबाट बुझियो ।
करिव २२ जना महिलापुरुष एवं बालकालिकाहरु मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरेर अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको छ । भर्ना भएकाहरु मध्ये एक जनाको अवस्था अलि गम्भीर रहेको श्रोतले बतायो ।
विरामी परेकाहरु सबै हैण्डपाइप र खानेपानीको सपलाई ट्याँकीको पानी खाँदै आएका थिए । खोला, जरुवा, कुवा आदीको पानी खाएमा हैजाको प्रकोट लाग्ने गरेको भएपनि चापाकल (हैण्ड पाइप) र ट्याँकीको पानी खाँदा हैजा लाग्नु अनुसन्धानको बिषय भएको ति श्रोतले भने ।
यस विषयमा राजपुर नगरपालिकाको स्वास्थ्य संयोजक खुर्शेद आलमले हिजो र आज गरी जम्मा २२ जना प्राथमिक स्वास्थ्य केन्द्रमा आएर उपचार गराई कतिपय मानिसहरु उपचार पश्चात घर फर्किसकेको बताए । प्रादेशिक अस्पतालमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ पाइएको बताउदै आरडिटी भरपर्दो नभएको हुँदा सेम्पलको कल्चर गराउनका लागि जनकपुरधाम सेम्पल पठाउने तयारी भईरहेको उनले बताए ।
अहिले नै हैंजा भएको भन्न नमिल्ने तर संकेत देखा परेको आरडिटी टेष्टबाट पुष्ट भएको स्वास्थ्य संयोजक आलमले जानकारी दिए । प्रादेशिक अस्पताल गौर श्रोतका अनुसार ७ जनाको सेम्पल परिक्षण गर्दा ६ जना पोजेटिभ भेटिएपछि चिकित्सक सहितको टोली राजपुर जाने तयारीमा जुटेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन