प्रेमचन्द्र झा
रौतहट, ४ असोज । संविधान दिवसको अवसरमा नेपाली सेनाद्धारा रौतहटको मरधर सिमसार क्षेत्रमा सात हजार विरुवा रोपेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ८ मरधर सिमसार धार्मिक वन क्षेत्र भित्र नेपाली सेनाले वृहद वृक्षारोपण कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाएका हुन् ।
रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिनाले वृक्षारोपण कार्यक्रमलाई उदघाटन गरे । वृक्षारोपण कार्यक्रममा सिसौ, खयर, अमला, शतिसाल, मलेसियन साल, ईमली, बेल, रुद्राक्ष र आप जातका सात हजार बिरुवा रोपेर वृहत्त वृक्षारोपण गरिएको नेपाली सेनाको वीरदल गण रौतहटले जनाए ।
नेपाली सेना वीरदल गणको आयोजनामा चाँदी धार्मिक वन व्यवस्थापन समितिको सहकार्यमा सो वृक्षारोपण गरियो । चुरे भावर क्षेत्र संरक्षणमा नेपाली सेनाले अग्रसरता देखाउन संविधान दिवसको अवसर पारेर चन्द्रपुरको मरधर सिमसार धार्मिक वन क्षेत्रमा वृहत् वृक्षारोपण गरिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य युवराज भट्टराइ (समिर) तथा श्री नं. २८ बाहिनीका बाहिनीपति सहायक रथि राजेन्द्र मणि गिरीको मुख्य उपस्थितिमा कार्यक्रम भएको थियो ।
चुरेभावर क्षेत्रलाई संरक्षण गर्नमा नेपाली सेनाको सहयोग बढाउने उदेश्यले उक्त वृहत् वृक्षारोपण गरिएको नेपाली सेना विरदल गणका गणपति प्रमुख सेनानी किशोर अधिकारीले बताए । कार्यक्रममा जिल्ला प्रसाशन कार्यालय रौतहटका निमित्त प्रमुख जिल्ला अधिकारी नरेस प्रसाद यादव, रौतहट प्रहरी प्रमुख प्रहरी एसपी दिलिप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक अभिनय सिंह, डिभिजन वन कार्यालय रौतहटका डिभिजन प्रमुख हेमन्त प्रसाद साह, चाँदि धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष तुलसी राज गिरी, स्थानिय जनप्रतिनिधीहरु, नेपाल राष्ट्रिय भुतपुर्व संघका पदाधिकारीहरु, एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधीहरु, सि.सं. १९ सिनियर डिभिजन एनसीसीका छात्र छात्राहरु, मुनलाइट एकेडेमि, होलिभिजन एकेडेमि, बाल निकेतन विद्यालयका विद्यार्थीहरु, बुद्धिजिवी एवं स्थानिय बासिन्दाहरु समेत गरी करिब ५ सय जनाको सहभागिता रहेको नेपाली सेना विरदल गणका सेनानी झनक थापाले जानकारी दिए ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट