सर्लाही, ५ भदौं । सवारी तथा यातायात विधेयक २०८१ सम्बन्धी सरोकारवाला निकायहरु संग शनिवार मलंगवा स्थित सुजाता होटलमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरियो ।
श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा मधेश प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएका थिए ।
प्रमुख अतिथिको आसनबट बोल्दै श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले पदभार ग्रहण गरेको छोटो समयमा नै विभिन्न सरोकारवाला निकायहरु संग निरन्तर रुपमा अन्तरक्रिया एवं छलफल कार्यलाई निरन्तरता जारी राखेको बताउदै मधेश प्रदेशमा यातायातको क्षेत्रमा देखिएका विभिन्न त्रुटिहरुलाइ सच्याएर अघि बढाउने प्रतिबद्धता जनाए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाल प्रहरीका एसपी रबीन्द्र सिंह, सशस्त्र प्रहरीका एसपी विनोदराज खनाल, ट्राफिक एसपी माधवप्रसाद काफ्ले, रंजीतकुमार यादव सह सचिव श्रम तथा यातायात मन्त्रालय, विरेन्द्र साह प्रमुख यातायात कार्यालय, संचारकर्मी बन्दना झा सहितका सरोकारवाला निकायहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट