राधेश्याम कुशवाहा
शिक्षक पेशाबाट जिवन शैली प्रारम्भ गरेको रामाशंकर कुशवाहा बलरा नगरपालिकाको मेयर बनेर नेपाल सम्मान २०८१ बाट सम्मानित सम्मको यात्रा तयर गर्न सफल भएका छन् ।
प्रयास मञ्च नेपाल, काठमाडौं, नेपालद्वारा बलरा नगरपालिका, सर्लाहीका नगरका मेयर एवं विकास अभियन्ता कुशवाहालाई एक कार्यक्रमका बिच सम्मानित गरिएका हुन ।
शैक्षिक तथा सामाजिक सेवामा समर्पित प्रयास मञ्च नेपालको प्रस्तुति बुद्धवीर लामा तेहौ गितिमय (गीतकारको एकल साङगीतिक कार्यक्रम) मा बलरा नगरपालिकाको मेयर एवं विकास अभियन्ता कुशवाहा सम्मानित भएपछि जिल्लामै बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ ।
नेपाल सम्मान २०८१ बाट सम्मानित हुने मेयर कुशवाहा देशमै पहिलो र एकमात्र जनप्रतिनिधि बन्न सफल भए । कार्यक्रममा खेलकुद, शिक्षा, गित संगित र चलचित्र तथा विविध लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
विविधबाट बलरा नगरपालिकाका मेयर कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पत्ति गणेश र विन्दुदेवी, समाजसेवी एंव व्यवसायी संतोष राई लगायत सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
नेपाल सम्मान–२०८१ कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्त्र नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बाल वाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा थाक्थुम्बा लगायतले कदरपत्र सहित सम्मान गरे ।
नेपालको आर्थिक समृधिको लागि राजनितिक नेताको रुपमा यहाँले पुर्याउनु भएको योगदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाए ।
मेयर कुशवाहाको बाल्यकाल र शिक्षा
मेयर रामाशंकर कुशवाहा हुने विरुवाको चिल्लो पात झै बाल्यकाल देखि नै पढाईमा विलक्ष्ण प्रतिभाको धनी एवं अब्बल थिए ।
साविक गाविस सुदामा वार्ड ७ तथा हाल बलरा नपा १० सुदाममा बुबा रामअश्रे महतो र आमा रामसखी देवीको कोखबाट पहिलो सन्तानको रुपमा २०४३ सालमा असार २२ गते जन्मिएका मेयर कुशवाहा आफनो बाल्यकालका शिक्षा स्थानिय विद्यालय श्री महादेव जनता प्राविबाट पुरा गरे ।
प्रावि पछि अचलगढका श्री सिताराम आधारभूत विद्यालयमा कक्षा ६ भर्ना .भए । जिल्ला स्तरिय परीक्षा पास गरेपछि अगाडीका पढाईका लागि रौतहट सदरमुकाम गौर स्थित मुलुकको जेष्ठ विद्यालय मध्ये एक रहेका जुद्व माविमा भर्ना भए ।
विक्रम सम्बत २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि विरगन्ज स्थित हरि खेतान कलेज प्लस टु मा अंग्रजी विषयमा भर्ना भए । प्लस टु पास गरेपछि स्नातक र स्नाकोत्तर विरजन्ज स्थित चर्चित क्याम्पस ठाकुर रामबाट पास गरेर फेरी हरि खेतान कलेजबाट एमए पास गरे ।
२ वटा विषयमा मास्टर्स पास गरेपछि वि.स २०६५ सालमा हरि खेतानबाटै अध्यायपन सुरु गरे । शिक्षक सेवा आायोगमा निमावि तहमा नाम निकाले पछि वि.स २०७१ भदौ १२ गते सर्लाहीको भाँडसर स्थित श्री राम गुलाम जनता माविमा शिक्षकको रुपमा नियूक्ति पाए ।
विस २०७५ मंसिर ५ गते गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा सरुवा भएर आए । यहाँ आएको ६ महिना नबित्दै उहाँले प्रधानाध्यापकको जिम्मेवारी पाए ।
करिब ढाई बर्ष आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत पछि स्थानिय तहको दोस्रो निर्वाचनमा राजिनामा दिएर मेयरमा उम्मेदवारी दिए ।
आमाबाट परिवारमा राजनितिक सुरुवात
मेयर रामाशंकर कुशवाहाका आमा उपमेयरमा निर्वाचित भएपनि ब्याकवार्ड भएका कारण पूर्व मेयरले कुनै पनि मान प्रतिष्ठा दिएन, मेयर रामाशंकर कुशवाहाका आमा विगतलाई सम्झदै भावुक हुदै भनिन ।
अस्तित्व स्विकार्य नगरेपछि आर्थिक लोभ र बजेटका लागि कुनै सम्झौता गरिन । मैले बलरामा राजनितिक परिवर्तन चाहेका थिए, त्यसका लागि छोराले सरकारी जागिर छाडेर आफनो भविष्य र करियर दाउमा लगाउदै मेयरमा उम्मेदवारी दिए, मेयर कुशवाहाका आमा रामसखी देवी बताउँछिन ।
ठुलो परिवर्तनका लागि कसै नकसैलाई त्याग र सुरुवात गर्नैपर्छ भनी छोरा मेयरमा उम्मेदवारी दिएपछि आफनो मनलाई आफैले सम्झाउथिन, उनि । तर छोरा चुनाव जित्छ भने यकिन थिएन, छोराले राजनितिक परिवर्तनका लागि विगुल फुकेर सफलता पाएकोमा उनी निकै खुशी छिन् ।
आमाको अस्तित्व नस्विकारेपछि राजनितिक प्रतिसोध
देशमा संघियता आएपछि विस.२०७४ सालमा २० बर्षपछि स्थानिय तहको पहिलो निर्वाचन हुदाँ मेयर रामाशंकर कुशवाहाका आमा महन्थ ठाकुर नेतुत्वको राजपाबाट उपमेयरमा निर्वाचित भएका थिए ।
तर तत्कालिन मेयर अभय कुमार सिंहले उपमेयरको अस्तित्व स्विकार्य नगरेपछि कुनै पनि सेवा सुविधा नलिएको र आर्थिक लोभमा कुनै पनि सम्झौता नगरेपछि आम नागरिकको मनमा बस्न थाले यूवा रामाशंकर कुशवाहा । आफू गोडैता नगरपालिका वडा नम्वर ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत उनि आमा माथि भएको विभेद र अन्यायको प्रतिशोधले राजनितिक क्षेत्रमा उनको ध्यान तानियो ।
एउटा सामान्य किसान परिवारमा जन्मिएका कुशवाहाका राजनितिक यात्रा त्यति सहज थिएन, सामाजिक जातिवादको बर्चस्व भएको बलरा नगरमा अन्य वर्गका व्यक्तिहरु मेयर जस्तो पदमा उम्मेवादरी दिनु नै ठुलो कुरा थियो ।
त्याहाँका निन्म वर्गका नागरिकहरु समेत बर्षाैदेखि राजनितिक परिवर्तनको पर्खाईमा थिए । फलस्वरुप नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका रामाशंकर कुशवाहा इतिहास रच्दै ऐतिहासिक विजय हासिल गर्न सफल भए । यसलाई बलरावासीका निमुखा तथा गरिब जनताको ठुलो जितका रुपमा हेरियो ।
बलरा नगरपालिकाका सर्वसाधारण थिचोमिचोमा परेका मेयर रामाशंकर कुशवाहा शिक्षा पेसालाई सदाका लागि विश्राम दिदै राजनितिकमा होमिए । पूर्व मेयरले नगरपालिकालाई आफनै घरबाट संचालन गरी आम नागरिकका मौलिक हक समेत हनन गर्ने काम गरेका थिए ।
बलरामा भएका सामन्तवाद र शासक प्रवृत्तिका अन्त्य गर्न तथा आम नागरिकलाई राजनितिक बन्धनबाट मुक्त लागि मेयरमा उम्मेदवारी दिएको मेयर कुशवाहा बताउँछन ।
मेयर कुशावाहा चुनावी एजेण्डामा अडिग
मेयर रामाशंकर कुशवाहा चुनावको समयमा जनतासंग गरेको वाचामा समेत अडिग देखिन्छ । उनी मेयर भएको करिब ढाई बर्षको कार्यकाल पुरा हुन लाग्दा पनि कार्यपालिकामा उहाँ अल्पमतमा भएपनि विना विवाद र मनमुटावले नगरपालिका चलाउदै आएका छन ।
उनी नगरपालिकाको कार्यलयमा बसेर कार्य सम्पादन, सबै दिन कार्यालय तथा जनताको घरदैलोमा उपस्थित भई जनतको गुनासो सुन्ने, विना बहुमत विवादरहित पालिका संचालन, उनको कार्यशैलीमा भएका निर्भिकता र तटस्थाले आम सर्वसाधारण स्थानिय सरकार भएको महसुस गरेका छन ।
उपल्लो जातिको बर्चस्व रहेका सामाजिक तथा राजनितिक रुपमा बाहुल्यता भएका कारण शोषण र विभेदका शिकार भएका व्याकवार्डका कारण निमुखा जनाताका लागि मसिहा भएर मेयर रामाशंकर कुशवाहा अघि आए ।
उनले चुनावमा जनतासंग गरेको वाचा र एजेण्डा माथि खरो उत्रिन सफल भएका कारण पनि बलरावासी नयाँ मेयरलाई लिएर उत्साहित रहेका छन ।मेयर कुशवाहा को पहिलो प्राथमिकता शिक्षा, स्वास्थ र कृषि
सर्लाहीको बलरा नगरपालिकाका पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य तथा कृषि रहेको मेयर रामाशंकर कुशवाहा बताउँछन । आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ लगायत आम नागकिहरुको मुलभुत अधिकार र स्थानिय तहबाट प्रवाह हुने सेवाहरुलाई सरल, व्यवस्थित र पारदर्शि बनाउनमा जोड दिए । नगरका शिक्षालाई व्यवस्थित गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउनका लागि गत आर्थिक बर्षमा शिक्षा ऐन पारित गरेको बताउँछन ।
शिक्षा क्षेत्रमा भएका वेथिति तथा राजनितिक अन्त्यका लागि विद्यालय दरबन्दी समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य विधि पारित गरेको उनले थपे । नगरले चाँडै विद्यार्थीको संख्याको आधारमा शिक्षक परिपूर्ति गरिने छ । बलरा नपा वडा नम्वर १० मा जिर्ण तथा प्रयोग विहिन अवस्थामा रहेका सुदामा सिँचाई वैरेजलाई मर्मत सम्भार तथा स्तोरोन्नति गरी किसानहरुको खेतमा पानी पुयाउने काम चाँडै सुरु गरिने बताए ।
जिल्लाकै पहिलो विना नहरको वैरेजको रुपमा रहेका सुदामा सिँचाई वैरेजमा नहर निर्माण तथा स्तोरोन्नति गरी किसानहरुको प्रयोगमा छिटै ल्याउने विश्वास दिलाए । नहरको पानी नपुग्ने नगरका अन्य ठाउँहरुमा स्यालो टुबेल तथा डिप बोरिंग जडान गर्ने कार्य भइरहेका छन, मेयर कुशवाहाले भने ।
नगरका सबै वार्डहरुमा कृषि विद्युतिकरण गरी कृषि मिटर मार्फत सबै किसानहरुलाई निशूल्क सिँचाई उपलब्ध गराउने प्रतिबद्वतता व्यक्त गरे । नगरले आफनै आर्थिक सहयोगमा विभिन्न गैरसरकारीहरुसंगको सहकार्यमा किसानहरुको आर्य आर्जन तथा जिविकाका लागि भैंसी पालन, बाख्रा पालन जस्ता कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका छन ।
नगरकै आफनै खर्चमा बलराका प्राथमिक स्वास्थ केन्द्रबाट नगरअस्पतामा स्तोरोन्नति गरी २ वटा एमबिबिएस डाक्टरलाई नियूक्त गरी २४ औं घण्टा आपतकालिन सेवा सुरु गरेका मेयर कुशवाहा बताउँछन ।
नगरका वडा नम्वर ५ मा स्वास्थ चौकी जिर्ण भवन रहेका कारण नयाँ निर्माण तथा वार्ड न. ६, ४, ७ तथा १० का स्वास्थ्य चौकीका भवनका मर्मतसम्भार तथा पुननिर्माण गरी वार्ड १० का नयाँ बर्थिंग सेन्टर संचालनमा ल्याएको बताए ।
नगरले २ वटा एम्बुलेन्स मार्फत गर्भवती महिलाहरुलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा निशूल्क यातायात सेवा उपलब्ध गराउदै आएका छन, भने ज्येष्ठ नागरिहरुलाई ५० प्रतिशतसम्म छुटको सहुलियत उपलब्ध गराउदै आएको दर्जनौं सराहनिय कार्य मेयर कुशवाहाले गर्दै नगरवासीको मन जित्न सफल भएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन