रौतहट, ७ असोज । राजदेवी नगरपालिकाको लक्ष्मिपुर गाउँ स्थित पोखरीमा सोमवार नुहाउने क्रममा डुबेर एक ४५ बर्षिया जितियाको ब्रत बस्ने महिलाको मृत्यु भएको छ ।
जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन रहेको छ सोही क्रममा राजदेवी नपा ८ लक्ष्मिपुर गाउँमा रहेको पोखरीमा नुहाउन गएकी प्रमोद साह कानुको ४५ बर्षिया श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा डुबेर मृत्यु भएको हो ।
पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले उद्धार गर्दा महिला गम्भीर घाइते अवस्थामा बाहिर निकालेर तत्कालै प्रादेशिक अस्पताल गौर पठाइयो तर चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
जितिया पर्वको सुरुको दिनमा नहाय खाय भन्ने चलन रहेको छ सोही क्रममा पोखरीमा नुहाउन जाँदा खुट्टा चिप्लीएर गहिरो खाडलमा गएको हुन सक्ने आशंका सुरक्षाकर्मीले गरेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट