राधेश्याम कुशवाहा
सर्लाही, ८ असार । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित समुन्नती परियोजना अन्तर्गत बालविकासका क्षिकहरुलाई सिकाई आदान प्रदान कार्यक्रम आयोजना गरियो ।
गोडैता नगरपालिकाको वडा नं. ५ स्थित श्रीमति सरस्वती देवी कुशवाहा सामुदायिक आधारभुत विद्यालय, रामबन गाउँमा ग्रामिण नारी उत्थान संघ हरीपुर द्वारा ईश्वरपुर र हरिपुर नगरपालिकाका ४१ जना बालबिकास शिक्षकहरुलाई बालबिकास भ्रमण तथा एक अर्कामा सिकाइ आदान प्रदान गर्ने उद्देश्यले बालविकासका शिक्षकहरुलाई सिकाइ आदान प्रदान कार्यक्रम गरियो ।
त्यस कार्यक्रममा विद्यालय परिवार तर्फबाट उनीहरुलाई स्वागत तथा अभिवादन गरिएको थिए भने विद्यालयले नै उनीहरुलाई आफ्नो नेतृत्वमा बालविकास देखि सबै कक्षा र अन्य व्यवस्थापन पक्षहरुको अवलोकन गराइएको थियो ।
अवलोकन पश्चात समिक्षा बैठक बस्यो । समिक्षा वैठकमा सबै सहभागीहरुले विद्यालयको व्यवस्थापकिय पक्ष, कक्षा कोठा, विद्यार्थीको उपस्थिति, बालविकास केन्द्र र त्याहाँ प्रयोग गरिएका शैक्षिक सामग्रीहरु धेरै नै राम्रो र व्यवस्थित रहेको तथा विद्यालय र शिक्षकहरुको सरहना गरियो । विद्यालयलाई अझ राम्रो बनाउन सर्बप्रथम बालविकासलाई प्राथमिकतामा राखेर अन्य स्थानिय सामग्रीहरुको उपलब्धता बढाएर शिक्षण गर्न सुझाव पनि दिएको थियो ।
किनकी विद्यार्थीहरु बालबिकासमा राम्रो सँग सिकेन भने अगाडीको कक्षाहरुमा सिक्नलाई धेरै नै कठिनाई हुन्छ । बालबिकास केन्द्र विद्यालयको गहना हो भने कुरा छलफलबाट प्रष्ट भएको थियो ।
विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले सबै सहभागीहरुको सल्लाह सुझावलाई आत्मसात गर्दै कार्तिक मसान्त भित्र नै बालविकासलाई राष्ट्रिय मापदण्ड अनुसार थप सामग्रीहरुको उपलब्धता गर्न र अझ व्यवस्थित तरिकाले पठनपाठन गर्ने गराउने प्रतिबद्धता जनाए ।
त्यस कार्यक्रममा ग्रामिण नारी उत्थान संघ हरीपुरका कार्य समितिका सदस्य सोवतिया देवि, शिक्षा अधिकृत, सुपरभाइजर, अनुगमन र मुल्यांकन सहायक, ईश्वरपुर र हरिपुर नगरपालिकाका गरी ४१ जना बालबिकास शिक्षकहरुको उपस्थिति रहेको थियो ।
साथै राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाको शिक्षा अधिकृत निरज मिश्र, सुपरभाइजर महेश कुमार मण्डल, अनुगमन र मुल्यांकन सहायक, समुदाय परिचालकको उपस्थिति रहेको जानकारी शिक्षा अधिकृत चन्द्रशेखर सहनीले दिए ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट