तराई टप संवाददाता
रौतहट, १३ कार्तिक । हिन्दु माथिको आक्रमण बन्द गर, हिन्दु एकता जिन्दावाद, पुजारी श्रीराम साहको हत्यारालाई अविलम्ब कारवाही गर भन्ने नारा सहित हिन्दुवादी संघसंस्थाहरुद्धारा शनिवार रौतहटमा वृहद मोटरसाइकल जुलुश प्रदर्शन गरेका छन् ।
शिवनगर स्थित महादेव मन्दीरबाट सुरु गरिएको मोटरसाइक जुलुशमा सहभागी भएकाहरुले हिन्दु माथिको दमन बन्द गर, गत बर्ष हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई अबिलम्ब पक्राउ गर, हिन्दु एकता जिन्दावाद सहितको विभिन्न नारा लगाउदै जिल्लाभरी परिक्रमा गरेका हुन् ।
२०७७ साल भदौं १० गते राति ९ बजेको समयमा खाना खान बसेका माधवनारायण नगरपालिकाको खेसरहियाको हनुमान मन्दीरको पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएका थिए । हत्याको मुख्या आरोपीको रुपमा रहेका देवाही गोनाही नगरपालिका १ करुणीयाको वडाध्यक्ष शेख नुरुला प्रहरी कार्यालयमा उपस्थित नभई सिधा जिल्ला अदालत गौरमा उपस्थित भई केही वेरमै धरौटीमा रिहा भएको घटनाबाट पिडित पक्षहरु सोही दिन देखि स्थानीय प्रहरी प्रशासन र न्यायालय प्रति गम्भीर प्रश्न चिन्ह खडा गर्दै चरणबद्ध रुपमा प्रदर्शन गर्दै आएको छ ।
सोही मुद्दाका आरोपीत रहेका ३ जना पुर्पक्षका लागि गौर कारागारमा बन्दी जिवन विताइरहेको छ तर अदालतको सेटिंगमा मुख्य आरोपीलाई धरौटीमा रिहा गर्नु अदालतको नैतिकता माथि प्रश्न उठ्नु स्वभाविकै रहेको विश्व हिन्दु संघको अध्यक्ष आलोक पाण्डले बताए । पुजारी साहको हत्यामा संलग्न व्यक्तिहरुलाई कानुनी डायरामा नल्याए सम्म हाम्रो अभियान जारी रहने चेतावनी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन