रौतहट, १३ असोज । अविरल बर्षा पश्चात आएको भिषण बाढिको चपेटामा परेर रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ मा आईतवार विहान एक ४० बर्षिय व्यक्तिको डुबेर मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ का ४० बर्षिय राजकरण मुखिया आज विहान ७.३० बजेको समयमा शौच गर्न गएको बेला खुटा चिप्लिदा बाढिको पानीमा डुबेर मृत्यु भएको वडाध्यक्ष रामानन्द यादवले बताएको हो ।
विहानै युवक मुखिया शौच गर्न पानी ट्याँकीको साइडमा गएको बेला बाढिको पानीमा डुबेर मृत्यु भएको उनले जानकारी दिए । वडा नम्वर ४ अन्तर्गत छतौना र पचरुखीको गरेर करिव तिन सय घरमा खाना पकाउने अवस्था नरहेको हुँदा टोल छिमेकमै बस्ने बन्दोबस्त मिलाइएको र उनीहरुलाई तत्काल चिउरा, भुजा, दालमोठहरु उपलब्ध गराएर विहानको छाक टार्न लगाइएको उनले स्पष्ट पारे ।
बाढिको पानीमा डुबेर दुर्गा भगवती ४ मा ४० बर्षिय युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट