राधेश्याम कुशवाहा
सर्लाही, १३ असोज । सर्लाही जिल्लामा बलरा नगरपालिका बाढी तथा डुबानबाट सबैभन्दा बढी प्रभावित भएका छन ।
बलरा नगरपालिकामा ५ सय भन्दा बढी घरहरु बाढिबाट डुबानमा परेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिएका हुन् । विपद व्यवस्थापन समितिका पदाधिकारीहरु स्थानिय जनप्रनिधिहरुसंग समन्वय गरी डुबान प्रभावित क्षेत्रका अनुगमनमा छौं, प्रजिअ अधिकारी भने ।
डुबान र क्षतिको यकिन तथ्यांक आउन अझै बाँकी रहेको छ । हामीहरु अहिले बलराका डुबान क्षेत्रमा छौं, बलरा हुदै रामनगर, धनकौल हुदै मानपुर लगायत बाढी तथा डुबानबाट प्रभावित भएका सबै ठाउँहरुमा पुग्छौं, उनले भने ।
उद्धार तथा सहयोगका लागि भारी संख्यामा स्थानिय तहहरुसंग समन्वय गरी डुबान प्रभावित क्षेत्रहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालित गरिएको प्रजिअ अधिकारीले बताए ।
बलरा नगरपालिकाका वडा नम्वर १, २, ३, र ९ मा रहेका एक सय भन्दा बढी माटोको घरहरु पूर्ण रुपमा क्षति भएको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले जानकारी दिए । बागमती नदीमा पानीको तिब्र गतिको बहाबका कारण बलरा, रामनगर गाउँपालिकाका दजनौं बस्तीहरु डुबानका उच्च जोखिममा रहेको उनले भने ।
बलराका जैइहथिऔलका एक, दुर्गाभगवतीका दुई र रामनगर गाउँपालिकाका चार ठाउँको बाँधमा पानीको उच्च बहाबका कारण क्षति भएका छन । हिजो नै २ वटा डोजर लगाएर बलराका तटिय क्षेत्रका जैइहथिऔल देखि दुर्गा भगवती ५ बरहरवा सम्म र रामनगर गाउँपालिका इनरर्वा देखि धनकौल सम्म बाँधमा भएको क्षतिलाई पुर्ने काम गरेको मेयर कुशावहाले बताए ।
मेयर कुशवाहाले नगर बाढी र डुबानका उच्च जोखिममा रहेको भन्दै नगरवासीहरुलाई सर्तकता अपनाउन आग्रह समते गरेका छन । विगत ३ दिन देखि परेको अविरल बर्षा तथा कुलेखानी ड्यामको ढोका खोलिएको कारण बागमती नदीमा पानी बहाब अत्यधिक र उच्च रहि पानीको सतह बढदै गइरहेकोले सम्पुर्ण जनसमुदायलाई सचेत रहन आग्रह गरेका छन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौं तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको असोज १२ गतेको विज्ञप्तिलाई मध्यनजर गर्दै बलरा नगरपालिकाले पनि आज आइतवारदेखि असोज १५ गतेसम्म विद्यालय बन्द गरेका छन ।
अबिरल वर्षाका कारण विद्यालय परिसर जलमग्न भई विद्यालयमा नियमित पठनपाठन गर्न अनुकुल वातावरण नभएको भन्दै विद्यालय बन्द गरिएको बलरा नगरपालिकाले जनाएका हुन ।
मेयर कुशवाहाले विद्यालयको पठनपाठन सञ्चालन नगरी उपयुक्त सुरक्षा सावधानी अपनाउँदै विद्यालय सरसफाई गरे पश्चात मात्र विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाई विद्यार्थी, अभिभावक र नगरपालिकामा सोको जानकारी गराउन अनुरोध गरेका छन ।
बलरा नगरको टोलहरुमा बाढि को पानि पस्न थालेको थाहा पाएपछि आवश्यकता अनुसारको बचाउ गर्न जेसिबि लिएर तुरंत डुबानमा परेका बस्तिहरुको अनुगमन तथा निरिक्षण गरेको स्थानिय नविन सिंहले जानकारी दिए ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट