भारतीय बाँधमा रहेको सुलिश गेट खोल्दा गौरबाट बिस्तारै बाढिको पानी घट्ने क्रममा
रौतहट, १३ असोज । रौतहटमा बाढिमा डुबेर र करेन्ट लागेर तिन जनाको मृत्यु भएको छ ।
परोहा नगरपालिकाको नरकटियामा घाँस काट्न गएकी १४ बर्षिया बालिका आशा कुमारी साहको बाढिको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
यसैगरी दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ का श्रीकान्त मुखियाको ४० बर्षिय छोरा राजकरण मुखियाको मृत्यु भएको वडाध्यक्ष रामानन्द यादवले जानकारी दिए ।
यसैगरी बौधी माई नगरपालिका वडा नम्वर २ मा हाते कलको पानी खानको लागि हैण्डल समात्दा करेन्ट लागेर १४ बर्षिय बालक रामबाबु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीका कारण रौतहट विभिन्न स्थानहरुमा घर भत्कीदा चार जना घाइते भएका छन भने मौलापुरमा चट्याङ्ग लाग्दा दुई जना घाइते भएको एसपी दिलिप घिमिरेले बताए ।
यता रौतहट जिल्लाबाट बाढिको पानी घट्ने क्रममा रहेको छ ।
गढिमाईको लक्ष्मिपुर, रजबाडा, राजदेवीको करबानामा बाँध भत्किदा बाढिको मार गौर नगरपालिकामा परेको छ । गौरमा बाढिको पानी जमेपछि भारतीय सिमामा रहेका बाँधको सुलिस गेट खोलिएपछि विस्तारै पानीको निकास भईरहेको स्थानीयहरुले बताए ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट