बलरा नगरपालिकामा बाढिबाट अति प्रभावित १५० परिवारलाई राहत वितरण

0 Shares
राधेश्याम कुशवाहा
बलरा (सर्लाही), १६ असोज । बलरा नगरपालिकाको बाढी प्रभावित परिवार समक्ष  राहत पुर्याउने कार्य सुरु गरिएको छ ।
बलरा नगरपालिका वडा नम्वर ३ का बाढी प्रभावित १५० परिवार समक्ष दात्री निकायद्धारा राहत पुर्याइएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बलरा नगरपालिकाको सहकार्यमा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र द्वारा संचालित समुनन्ती परियोजना अन्तर्गत बाढी पिडित परिवार समक्ष राहत पुर्याउने कार्य गरिएको बलरा नगरपालिकाले जनाएका छन ।
बाढी प्रभावित १५० जना परिवारलाई प्रति परिवार खाना बनाउने वर्तन (भाँडो) एक सेट, पानी फिल्टर १ सेट, त्रिपाल एक सेटमा २ त्रिपाल र एक केजी डोरी सहित, ब्लांकेट १ थान, बाल्टिन सेट जगमग सहित प्रति परिवार ९ हजार बराबरको राहत वितरण गरिएको राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका अध्यक्ष गायत्री देवीले जानकारी दिईन ।
राहत वितरण गर्दै बलरा नगरप्रमुख रामाशंकर कुशवाहाले आज देखि बलरा नगरपालिकामा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको बताए ।   बलरा नपा वडा नम्वर ३ मा बाढीबाट सबैभन्दा बढी प्रभावित भएका कारण पहिलो चरणको राहत यहीबाट सुरु गरेका छु, मेयर कुशवाहाले भने । भोलिबाट अन्य वडाहरुमा वितरण गरिने उनले स्पष्ट पारे ।
बलरा बाढी प्रभावित कुनै पनि परिवारलाई राहतबाट बन्चित नगरिने बताउदै मेयर कुशवाहाले नगरमा पूर्ण, आंशिक र न्यून गरी ३ किसिमका डुबानमा परेर घर क्षतिग्रस्त भएका परिवारलाई समुचित रुपमा राहत उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।
सबैलाई एकैनासको राहत वितरण नगरी प्रभावित तथा क्षतिको विवरण हेरेर मात्रै फरक फरक व्याकेजमा समतामूलक राहत वितरण गरिने उनको भनाई छ ।
केही दिनदेखि परेको अविरल बर्षा र कुलेखानीको बाँधमा पानी सतह बढेपछि खोलिएका ढोकाको कारण बागमती नदीमा पानी सतह तथा बहाब उच्च भई असोज १२ गते बलरा नगरपालिकामा आएको विनासकारी बाढीका कारण नगरका ११ वटा वडाहरुमध्ये ९ वटा वडा प्रभावित भएका थिए । नगरका ६ वटा वडा आंशिक रुपमा क्षति तथा ३ वटा वडामा पूर्ण रुपमा प्रभावित भएको बलरा नगरपालिकाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।