रौतहट, १८ असोज । अबिरल बर्षा संगै आएको विनाशकारी बाढि र पहिरोबाट क्षतिग्रस्त भएका सडकहरुबाट राजमार्ग संचालनमा आउने तयारी सरकारले गरेको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले संसदको पूर्वाधार समितिमा अबको तीन दिनभित्र बिपी राजमार्ग बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जनाएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरू गरेको बताए । फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने जानकारी दिए ।
पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ ।् भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए ।
’सबैभन्दा धेरै समय बिपी राजमार्ग पुनर्निर्माणमै लाग्छ । १२ किमी सडक त नाम निशाना नै छैन’ । पूर्वमन्त्री प्रकाश ज्वालाले सडकमा अलपत्र परेका यात्रु उद्धारमा सरकारले ध्यान दिनुपर्ने बताए । ’गाडीभन्दा पनि मान्छेको उद्धार पहिले हुनुपर्यो । दसैंमा यात्रु सहज रूपमा घरजाने वातावरण बनाउनुपर्यो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन