मधेशमा विज्ञान क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ सर्लाहीमा हुन लागेका विज्ञान प्रदर्शनी मेलामा सहभागिता जनाउन विद्यालयहरुलाई प्रास्ताव पेश गर्न आह्वान

0 Shares

सर्लाही, २९ असोज । सर्लाही जिल्लामा वृहद विज्ञान प्रदर्शनी मेला चाँडै आयोजना हुने भएका छन् ।
उक्त वृहद विज्ञान प्रदर्शनीमा सहभागीता जनाउन तथा विभिन्न विद्यालयहरुले आ आफना प्रस्ताव पेश गर्न शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले आह्वान गरेका हुन् ।
युनेस्को नेपाल राष्ट्रिय आयोग तथा बलरा नगरपालिकाको संयुक्त रुपमा आयोजना हुने उक्त मेलामा विद्यालयहरुले आउन लागेको कात्र्तिक महिनाको पहिलो साता भित्र आ आफना प्रोजेक्ट सहितको प्रस्तावना पेश गर्न शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले आह्वान गरेको छ ।
प्रस्तावना पेश गर्दा ध्यान दिनुपर्ने प्रमुख बुँदाहरु, सहभागी विद्यालयको छनोट प्रस्तावनाको आधारमा विद्यालय छनोट युनेस्को, शिक्षा विकास तथा समन्वय इकाई र बलरा नगरपालिकाको समन्वयमा हुनेछ । कक्षा ६ देखि १२ सम्मका निजी तथा सामुदायिक विद्यालयहरूले सहभागी हुने पाउने छन् ।
प्रस्ताव पेस गर्ने इच्छुक विद्यालयहरूले आउदो कात्र्तिक ४ गते भित्र प्रस्ताव पेस गर्नु पर्नेछ, तथा छनोट प्रक्रिया कात्र्तिक ५ गतेमा छनौट गरिने जनाइएको छ ।
सहभागी संख्या प्रत्येक विद्यालयबाट एक जना विज्ञान शिक्षक र बढिमा पाँच जना विद्यार्थीहरु सहभागी हुन पाउने व्यवस्थापन मिलाइएका छ । आधारभूत र माध्यमिक तहका विद्यालयहरू बिच अलग प्रतियोगिता हुने छ ।
विज्ञान प्रदर्शनी हुने स्थल र मिति
श्रीजनता नमुना माध्यमिक विद्यालय बलरा नगरपालिका वडा नम्वर ८ गडहिया डुमरिया सर्लाही हुने छ । कार्तिकको अन्तिम सातामा प्रदर्शन हुने र सोको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा तय गरिने जनाइएको छ ।
पुरस्कार र प्रोत्साहन
आधारभूत तहका विजेताहरुलाई युनेस्कोबाट माध्यमिक तहका विजेतालाई प्रथम पुरस्कार स्वरुप नगद ३० हजार, द्वितीय पुरस्कार २५ हजार, तृतीय पुरस्कार २० हजार तथा दुई विद्यालयलाई सान्त्वना पुरस्कार स्वरुप जनही १० हजार प्रदान गरिने छ ।
छनोट भएका विद्यालयहरूले स्टल निर्माणका लागि ५ हजार व्यवस्थापन खर्च प्राप्त गर्ने छन् ।
सम्पर्क जानकारी
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा गर्नुपर्ने जनाइएको छ । उनको इमेल deosarlahi19@gmail.com, unesconatcomnepal@gmail.com, rameshworyadav2020@gmail.com  ठेगामा मा सम्पर्क गरेर डकुमेन्टहरु पठाउनु पर्ने छ ।
प्रदर्शनीका विधाहरूः
विद्यार्थीहरूले वैज्ञानिक सिद्धान्त, आविष्कार र नवीनतम प्रविधिका प्रोजेक्टहरू प्रदर्शन गर्न सक्नेछन् । मुख्य विषयहरुमा ग्लोबल वार्मिङ र जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा (सौर्य, जल र वायु ऊर्जा), रोबोटिक्स र स्वचालन प्रणाली, जीवविज्ञान, रसायन विज्ञान र भौतिक विज्ञानका प्रयोगहरू, अन्तरिक्ष विज्ञान र ग्रहहरूको अध्ययन लगायतका विषयमा आधारित रहने छ ।
विज्ञान प्रदर्शनीको प्रमुख उद्देश्यः
मधेस प्रदेशमा इन्जिनियरिङ र विज्ञान क्षेत्रलाई बढावा दिन तथा यहाँका क्याम्पसहरुलाई पनि यस मेलामा सहमागी गराई उनीहरुलाई स्टल राख्न पाउनेछन् । प्रदर्शनीले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहन गर्दै व्यावहारिक ज्ञानलाई जीवन्त बनाउन र प्रतिभावान् विद्यार्थीहरूको पहिचान गर्न सघाउ पुर्याउनमा मद्दत मिल्ने छ ।
पेश गरिएका प्रस्तावनाहरूको आधारमा छनोट गरिएका विद्यालयहरूले स्टल निर्माण प्रदर्शनी अघि नै पूरा गर्नु पर्ने छ । अन्य शिक्षण संस्थाहरूले भने प्रतियोगितामा भाग नलिएपनि प्रदर्शनीमा मात्र स्टल राख्न सक्ने व्यवस्थापन आयोजकले राखेको बताइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।