काठमाडौं । नेपालमा हाले गएको विनाशकारी बाढी संगै बाढी र पहिरोमा परेर नेपालको विभिन्न स्थानमा पुलहरु क्षतिग्रस्त भएका स्थानमा पुनः स्टिल ब्रिज हाल्नका लागि भारत सरकारले पार्टपुर्जाहरु पहिलो खेप हालै नेपाल सरकारलाई हस्तान्तरण गरियो ।
भारत नेपाल मित्रबत सम्बन्ध तहत नेपाल सरकारबाट भारत संग अनुरोध गरिएपछि पुलका पार्टपुर्जाहरु हस्तान्तरण गरेर सडकको कनेक्टिभिटीलाई पुनः स्थापना गर्ने उद्देश्यबाट भारतले नेपाललाई स्थिलको पुलमा लाग्ने सामानहरु हस्तान्तर गरिएका हुन् ।
३८ करोड रुपैयाँ भन्दा बढी मूल्यका पुल भारत सरकारले अनुदान स्वरुप नेपाललाई गरेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ । ति सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई गत बुधबार साझ हस्तान्तरण गरे । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने बुझिएको छ ।
बाढीपहिरोबाट अति प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग गरेको भारतीय दुतावासले उक्त अवसरमा जानकारी गराएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन