सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले पार्टी कार्यालय निर्माणका लाग भाटभटेनीका संचालक मिनबहादुर गरुङ संग जग्गा माग गरेका छन् ।
आजपा सिरहाद्धारा गोलबजारमा मंगलवार हिन्दुहरुको महान पर्व बडा दशैं, दिपावली एंव छठ पर्वको अवसरमा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङ संग जग्गा माग गरेका हुन् ।
अर्वौको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरेर पार्टी कार्यालय बनाइ दिने भाट्भटेनीका संचालक गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि कटाक्ष गरे ।
दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको आजपा अध्यक्ष साहले आरोप लगाए ।
एमाले संग लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउदै उनले सदस्यहरु बाटै एक एक सय रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सकिन्थ्यो तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमाले रमाएको बताए ।
आफ्नो पार्टी कार्यालय समेत बनाउन नसक्ने एमालेबाट मुलुकलाई समृद्ध दिनै नसक्ने बताउदै आजपा अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साहले लिन तयार रहेको स्पष्ट पारे । मुलुकको निर्माण कार्य ठप्प छ । तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको आजपा अध्यक्ष साहले भने, पूर्व पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग अवस्थामा रहेको छ ।
काठमाडौंको तिनकुने, कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीले मुलुक समृद्ध कसरी बनाउन सक्छन् ? उनले प्रश्न गर्दै आफ्नो पार्टी कार्यालय बनाउन नसक्ने एमाले, मुलुक समृद्ध बनाउने कुराको भ्रम मात्रै छर्ने गरेको उनले भने ।
देशलाई समृद्ध बनाउन नदिने, लुट मचाउने पार्टी नै एमाले, कांग्रेस र मधेसबादी दलहरु भएको टिप्पणी गर्दै साहले यी लुटेरा दलहरुलाई बहिस्कार गर्नुपर्ने आह्वान गरे ।
आजपाका जिल्ला अध्यक्ष उदय साहको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिलटु यादव, महासचिव त्रिभुवन साह, आम दलित मोर्चाका अध्यक्ष ठागा दास, धनुषा अध्यक्ष रामसागर महासेठ, स्थायी कमिटीका सदस्यद्व्य संजय यादव, बिजय यादव, आम उद्योग बाणिज्य महासंघका अध्यक्ष साजन जयसवाल सहित सर्वसाधारण लगायतको सहभागीता रहेको आईटी आर्मी काठमाडौं उपत्यकाका ईन्चार्ज आर्या पाण्डेले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन